क्यान्सर पीडित बालिका मञ्जना राईलाई एक लाख ८५ हजार आर्थिक सहयोग प्रदान – Satabdi News

क्यान्सर पीडित बालिका मञ्जना राईलाई एक लाख ८५ हजार आर्थिक सहयोग प्रदान

माघ २०, काठमाडौं । खोटाङ स्थित हलेसी तुवाचुङ नगरपालिका वडा नं ५ चुमाखुकी क्यान्सर पीडित बालिका मञ्जना राईलाई एक लाख ८५ हजार ९०४ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

घरको आर्थिक अवस्था कमजोर रहेकी ९ वर्षीया मञ्जनालाई देश तथा विदेशमा बसोबास गरिरहेका नेपालीहरुबाट सहयोग रकम संकलन गरी गत माघ १६ गते उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

जनता समाजवादी पार्टी निकट खोटाङ–काठमाडौं सम्पर्क समितिका अध्यक्ष सरोज साम्पाङ राई, जसपाका युवा नेता दयाराम राई सहितका व्यक्तिहरुको पहलमा सहयोग रकम जुटाइएको हो ।

अध्यक्ष राईका अनुसार सहयोग गर्नेहरुमा बढी विदेशमा बस्ने नेपालीहरु छन् । उनका अनुसार जापानमा हिमाल साम्पाङ राई, युकेमा केइसिंह साम्पाङ राई र क्यानडामा हिमाल राई, बालकृष्ण राई र घगेन्द्र राईको पहलमा रकम संकलन गरिएको हो । उक्त रकम ३६ जनाबाट संकलन गरिएको हो ।

क्यान्सर पीडित मञ्जनाको हाल काठमाडौंको महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ । क्यान्सर बढ्दै गएपछि त्यसले मिर्गौलामा समेत असर पुर्याउन लागेकोले तत्काल उनको अपरेशन गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

उनको उपचारका लागि करिब ७ लाख रुपैयाँ लाग्ने बताइएको छ । उनी गएको तीन वर्षदेखि क्यान्सरसँग जुधिरहेकी छन् । उनको अपरेशनको मिति केही दिनपछि मात्र टुंगो लाग्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "क्यान्सर पीडित बालिका मञ्जना राईलाई एक लाख ८५ ह..." A few seconds ago

सम्बन्धित खवर