अमला र बदाम बेचिरहेकी बालिका माथि बाबुरामको नजर परेपछि – Satabdi News

अमला र बदाम बेचिरहेकी बालिका माथि बाबुरामको नजर परेपछि

पुस २९, पोखरा । जनता समाजवादी पार्टीले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कार्य भन्दै देशब्यापी रुपमा प्रदर्शन गरिरहेको छ ।

यसैका बीच आज गण्डकी प्रदेशको राजधानी पोखरामा जसपाले प्रदर्शन गरेको छ । यसैबीचमा एक रोचक घटना भएको छ । जब जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई मंचमा बसिरहेका थिए ।

त्यतिबेला नै उनको नजर एक बालिकामा पर्यो । जो आफ्नो परिवारको जिम्मेवारी ,आफ्नो भोको पेटको माग र भबिस्यका सपना पूरा गर्न सडकमा बदाम र अमला बेचिरहेकी थिइन् । बाबुरामको नजर ती सानी नानीतिर पुग्यो र उनले  ती नानीलाई स्टेजमा नै बोलाए । अनि उनले बेच्न लागेको अमला र बदाम किनिदिए । त्यसपछि केही समय त्यही सानी बालिकासंग भलाकुसारी गरे ।

साच्चिकै नै उनले बालिका प्रति देखाएको स्नेह र उनि प्रतिको चासो हेर्न लायक देखिन्थ्यो । किनकी नेपाल जस्तो देशमा पुर्वप्रधानमन्त्री भन्ने बित्तिकै टाढाबाट हेर्न पाइने, ठुलो मान्छे सँग मात्र भेटघाट गर्ने र सरकारी गाडीमा सुरक्षागार्ड सहित घुइकिने भनेर हामी कल्पना गर्ने गर्छौ । तर बाबुराम त्यसका अपवादमा पर्छन् । उनको यो सरलता बारे बेलाबेलामा चर्चा भईरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अमला र बदाम बेचिरहेकी बालिका माथि बाबुरामको नजर..." A few seconds ago

सम्बन्धित खवर