देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा अमर राई निर्वाचित – Satabdi News

देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा अमर राई निर्वाचित

२४ पुस, केराबारी । श्री देवीझोडा सामुदायिक वन उपभोक्ता समूह केराबारीको अध्यक्षमा अमर राई निर्वाचित भएका छन् । शुक्रबार भएको श्री देवीझोडा सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन ।

प्रतिद्वन्द्वी हरि विष्टलाई राईले ८५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । राईले १८६ मत र विष्टले १०१ मत प्राप्त गरे । उपाध्यक्षमा गोविन्द बस्नेत र सचिवमा इन्दिरा कार्की सर्वसम्मतमा चयन भएका छन् ।

सहसचिवमा आशा लिम्बु निर्वाचित भएका छन् । लिम्बुले १६९ मत प्राप्त गरिन भने उनका प्रतिद्वन्द्वी मोहन कार्कीले १०८ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा १३९ मत प्राप्त गर्दै विजयी भएका छन् भने प्रतिद्वन्द्वी सन्तोष राईले १२८ मत प्राप्त गरेका छन् ।

खुल्ला तर्फबाट इन्दिरा तामाङ, अशोक लिम्बु र सुमन तामाङ गरी ३ सदस्य निर्वाचित भएका छन् । लेखा संयोजकमा पदम कार्की १८० मत सहित निर्वाचित भएका छन् । कार्कीका प्रतिद्वन्द्वी तेजेन्द्र थापाले भने ९२ मत प्राप्त गरे । ३०७ मा ३०० मतदाताले मतदान गरेको नवनिर्वाचित अध्यक्ष अमर राईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा..." A few seconds ago

सम्बन्धित खवर