अभियान्ता रोमन वाम्बुले राईद्वारा असहाय परिवारलाई सहयोग – Satabdi News

अभियान्ता रोमन वाम्बुले राईद्वारा असहाय परिवारलाई सहयोग

बेलबारी । भनिन्छ सहयोग गर्न धन हैन मन चाहिन्छ । यश भनाइलाई पुष्टि गर्दै बेलबारीका एक सामाजिक अभियान्ता रोमन वाम्बुले राई गरिब, दुखी, असाहयको सारथिको पात्र बन्दै आएका छन ।

बेलबारी वडा १ नक्सलबारी स्थिति एक असहाय परिवारलाई सामाजिक अभियान्ता रोमन वाम्बुले राईले सिरक डस्ना, खाध्ययन सामान सहित रकम सहयोग गरेका छन ।

८४ बर्षिय तेक बहादुर पुलामी मगर र उनका श्रमती चन्द्र माया पुलामी मगर बिगत १७ बर्ष देखि नक्सलबारी जंगल नजिक चरम गरिबि र अभावमा बाच्दै आएका छन । आफ्ना सबै सन्तानको मृत्यु भएकाले मगर दाम्पती बेसहारा अवस्थामा आफ्नो जीवन निर्वाह गर्दै आएका छन । बिगत १४ बर्ष देखि चन्द्र मायाको दुवै खुट्टा पुर्ण रुपमा नचल्ने भएकाले उनका श्रीमानले रेखदेख गर्दै आएका छन छन ।

चरम आर्थिक अभावले कष्टकर जीवन बिताउदै आएका मगर दाम्पतीको बिहान बेलुकाको छाका टार्न मात्र हैन बस्नलाई भरपर्दो ठाउँ समेत छैन । तेक बहादुर पुलामी मगर भन्छन “ आर्थिक अभावका कारण भएको बेला खान्छौ नभएको बेला भोगै पनि सुत्ने गरेका छौ ।“

कष्टकरण जीवन बिताइरहेका मगर परिवारलाई दाल, चामल,नुन, तेल,सोयाबिन, साबुन, सिरक, डस्ना लगायत केही नगद रकम हस्तान्तरण गरिएको हो ।

 

रोमन वाम्बुले राईले मगर परिवारको अत्यन्त कारुणिक र कष्टकर जीवन देखेर आफुले सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने जनाए । राईले मगर परिवारलाई सहयोग गर्न समेत अपिल गरे । सहयोग हस्तान्तरण गर्दा अभियान्ता निरेश नेवार, लोके राईको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अभियान्ता रोमन वाम्बुले राईद्वारा असहाय परिवारल..." A few seconds ago

सम्बन्धित खवर