रोमन वाम्बुले राईको नेतृत्वमा गरिब असहाय परिवारलाई सहयोग – Satabdi News

रोमन वाम्बुले राईको नेतृत्वमा गरिब असहाय परिवारलाई सहयोग

कार्तिक ८, बेलबारी । जहाँ पुग्दैन  रवि त्यहा पुग्दछ कवि भने झै मनकारी मन र सहयोग भावना बोकेका युवा रोमन वाम्बुले राईको दैनिकी पीडा र अभावमा रहेका मान्छे हरुको उद्वार र सहयोगमा बित्ने गरेको छ ।

यस्तै बुढिमोरङ माङ्धम्बा बस्ने ९४ बर्षिय सबिता रानी लिम्बू र उनका छोरा ६१ बर्षिय गोबिन्द लिम्बुलाई २० हजार बराबरको खाध्ययन र घरायसी सामान रोमन वाम्बुले राईले सहयोग हस्तान्तरण गरेका छन ।

अत्यन्तै कमजोर आर्थिक स्थितिका आमा छोरा सबिता रानी लिम्बू र गोबिन्द लिम्बू चरम अभावमा कष्टपुर्ण तरिका जीवन निर्वाह गर्दै आएका छन ।वृद्वा अवस्थामा रहेका सबिता रानी लिम्बु कान नसुन्ने र हिडडुल समेत गर्न सक्दैनन् भने छोरा गोबिन्द लिम्बू अपांग रहेका छन । लिम्बु परिवार छिमेकी कर्म धोज लिम्बू र ठुली कान्छी लिम्बुको रेखदेखमा बस्दै आएका छ्न ।

कष्टकर जीवन बिताइरहेका लिम्बू परिवारलाई दाल, चामल,नुन, तेल,सोयाबिन, साबुन, सिरक, डस्ना जस्ता सामाग्री हस्तान्तरण गरिएको हो ।

रोमन राईको नेतृत्वमा हङकङबाट कमल वाम्बुले राई र पुजा वाम्बुले राई बाट १० हजार र रोमन राईले थप १० हजार गरि जम्मा २० हजार बराबारको सहयोग गरिएको हो ।

रोमन वाम्बुले राईले लिम्बु परिवारको अत्यन्त कारुणिक र कष्टकर जीवन देखेर आफुले सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने जनाए । राईले लिम्बू परिवारलाई सहयोग गर्न समेत अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रोमन वाम्बुले राईको नेतृत्वमा गरिब असहाय परिवार..." A few seconds ago

सम्बन्धित खवर