प्रसिद्धि लामा र किरण भुजेलेको स्वरमा तातो समाचार सार्वजनिक – Satabdi News

प्रसिद्धि लामा र किरण भुजेलेको स्वरमा तातो समाचार सार्वजनिक

कार्तिक ०५, बेलबारी । गायिका प्रसिद्धि लामाले दशैँको अवसर पारेर तातो समाचार बोलको मनोरञ्जनात्मक गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छिन् ।

आधा दर्जनभन्दा बढी गीतमा स्वर दिई सकेकी प्रसिद्धिले औपचारिक संगीत शिक्षा ललित कला क्याम्पसबाट पुरा गरेकी छिन् । स्थायी बसोबास सिन्धुली घ्याङ्गलेख हापुटार गाउँपालिका रहेकी प्रसिद्धिको सपना सानै देखि गायिका बन्ने थियो यही सपना साकार पार्न उनी २०६५ सालमा गाउँ छाडी काठ्माण्डौँ आएर संगीतको अध्ययन सुरु गरेकी थिईन ।

उनले तामाङ्ग सेलो लगायतका आधा दर्जन गीतमा स्वर दिई सकेकी छिन् । नेपाल आईडल सिजन(३ का सेकेन्ड रनर(अप किरण भुजेलसंग प्रसिद्धिको स्वर रहेको यस गीतमा शब्द पदम सधना कुलुङ्गको रहेको छ ।

पछिल्लो समयमा चर्चित बनेका गायक तथा संगीतकार प्रेम घिमिरेले यो गीतमा संगीत दिएका छन् । गीतमा संगीत संयोजन भने दिनेश न्यौपानेले गरेका छनम्युजिक भिडियोमा जुना सुन्दास र प्रविण तामाङ्गको अब्बल अभिनय सहितको नेपाली मौलिक ग्रामिण परिवेशमा युवाअवस्थाको मनोविज्ञानलाई प्रस्तुती गरिएको छ ।

गीतको शब्द,संगीत, परिवेश सबै नेपाली मौलिकतामा आधारित रहेर बनेकाले यो गीतले आम दर्शक श्रोताको मन जित्ने अपेक्षा गायिका प्रसिद्धिले राखेकी छिन् । म्युजिक भिडियोलाई प्रबिण तामाङ्गले नै निर्देशन गरेका छन् भने उनलाई बिकल्प सुयालले भिडियो निर्देशनमा साथ दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रसिद्धि लामा र किरण भुजेलेको स्वरमा तातो समाच..." A few seconds ago

सम्बन्धित खवर