बाबुराम भट्टराई जसपाको संघीय परिषद अध्यक्षमा चयन – Satabdi News

बाबुराम भट्टराई जसपाको संघीय परिषद अध्यक्षमा चयन

कार्तिक ४, बेलबारी । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीकीको संघिय परिषद अध्यक्षमा चयन भएका छन् ।

सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो । जसपाका एक नेताले डा. भट्टराईलाई पार्टी गरिएको सहमति अनुसार अध्यक्षमा चयन गरिएको जानकारी दिएका छन् ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । निर्वाचन आयोगमा पार्टी दर्ता जानु अगाडि भट्टराई अध्यक्ष रहेको बताए पनि अन्तिम समयमा आएर अध्यक्षबाट भट्टराईको नाममा टिपेक्स लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बाबुराम भट्टराई जसपाको संघीय परिषद अध्यक्षमा चयन" A few seconds ago

सम्बन्धित खवर