महोत्तरीमा समाजबादी युवा संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन – Satabdi News

महोत्तरीमा समाजबादी युवा संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन

राजु कुमार महत्तो

कार्तिक ३,महोत्तरी । जनता समाजवादी पार्टीका भातृ संगठन समाजवादी युवा संघ महोत्तरीको जिल्ला समितिद्वारा हिन्दुहरुको महान पर्व दशै, दिपावली, तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

ज.स.पा युवा संगठन महोत्तरी द्वारा आयोजित कार्यक्रमको अध्यक्षता महोत्तरी जिल्ला युवा अध्यक्ष राहुल पाण्डे प्रमुख अतिथि मा.सुरेन्द्र यादव, विशिष्ठ अतिथि आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा लागायतका प्रदेश, जिल्ला, नपा गा.पा का स्थानीय नेता तथा युवा हरुको सहभागीता थिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीलाई देशको बैकल्पिक शक्ति निर्माणको लागि गाउँ स्तरबाट नेता कार्यकर्तालाई संगठित गरि गरिब, उत्पीडित, दलित, पिछडावर्ग, मुस्लिम, महिलाको अधिकार, पहिचान र सम्मानको लागि संगठित भई अगाडी बढ्न राज्य मन्त्री सरोज सिंह कुशवाहा आग्रह गरिएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महोत्तरीमा समाजबादी युवा संघको शुभकामना आदानप्र..." A few seconds ago

सम्बन्धित खवर