अब कोरोनाको उपचार आफै गर्नु पर्ने – Satabdi News

अब कोरोनाको उपचार आफै गर्नु पर्ने

कार्तिक २, काठमाडौं । अब कोरोना भाइरस संक्रमणको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्ता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको जनाएका छन् ।

उनीहरुबाहेक ‘अन्य सबैको परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्ने निर्णय भएको छ । प्रवक्ता गौतमका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू भैसकेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अब कोरोनाको उपचार आफै गर्नु पर्ने" A few seconds ago

सम्बन्धित खवर