क्यानसर पीडित बृद्वलाई आदिवासी महासंघको आर्थिक सहयोग – Satabdi News

क्यानसर पीडित बृद्वलाई आदिवासी महासंघको आर्थिक सहयोग

बेलबारी । बेलबारीका क्यान्सर पिडित एक बृद्धालाई नेपाल आदिवासी जनजाती महासंघ बेलबारीले आर्थिक सहयोग प्रदान गरेको छ ।बेलबारी २ लालभित्ति निवासी ७५ बर्षिय मनमाया लिम्बुलाई मंगलबार महासंघका अध्यक्ष तिलक राईले सहयोग रकम प्रदान गरेका हुन् ।

निम्न आर्थिक अवस्था भएका कारण बृद्धाको उपचारमा समस्या उत्पन्न भएपछि सहयोगको लागि अपिल गरीएको थियो । महासघंका तर्फबाट अध्यक्ष तिलक राई, सचिव मनकुमार गुरुङ, वडा २ अध्यक्ष रन्जित गुरुङ, वडा ३ सचिव ऋषि राई, आदिवासी अभियान्ता पर्वत राई, क्रान्ती लिम्बू लगायतको टोलिले मनमाया लिम्बुलाई १० हजार सहयोग रकम हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण गर्दै अध्यक्ष तिलक राईले यो रकम सान्तवना स्वरुप र औषधि खर्चका लागि प्रदान गरीएको बताएका छन् ।

यस अघि महासंघले सोमबार कलेजो क्यानसरबाट पीडित बेलबारी ९ , तिनखुट्टिया टोल निवासी रागब राजबंशी र सो वडाकै मृतक असोक राइ को परिवारलाई आर्थिक सहयोग प्रदान गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "क्यानसर पीडित बृद्वलाई आदिवासी महासंघको आर्थिक ..." A few seconds ago

सम्बन्धित खवर