सार्वजनिक डटकम सुर्खेतका संवाददाता टेकराज थापामाथि अज्ञात समुहद्दारा आक्रमण – Satabdi News

सार्वजनिक डटकम सुर्खेतका संवाददाता टेकराज थापामाथि अज्ञात समुहद्दारा आक्रमण

असोज १७, काठमाडौ । सार्वजनिक डटकमका सुर्खेतस्थित संवाददाता टेकराज थापामाथि अज्ञात व्यक्तिहरुले आक्रमण गरेका छन् । आक्रमणबाट थापाको टाउकोमा गम्भीर चोट लागेको छ ।

कार्यालयको काम सकेर घर जाँदै गर्दा राति करिब साढे ९ बजे केही व्यक्तिहरुले थापामाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए ।

आक्रमणपछि बेहोस भएर ढलेका थापालाई अस्पताल लगेर उपचार गरिएको छ । आक्रमणकारीहरुले पत्रकार थापाको साथमा रहेको एक थान मोबाइल र नगद १० हजार रुपैयाँ समेत टुलेका छन् ।

प्रदेश एफएम सुर्खेतमा समेत कार्यरत रहेका थापाले आज आक्रमणमा संलग्न भएको किटान गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका छन् ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।

यसैबीच आजै सार्वजनिक डटकका सञ्चालक तथा प्रमुख सम्पादक विजय चाम्लिङले एक प्रेस विज्ञप्ती जारी गरी पत्रकार थापामाथि भएको आक्रमणको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । चाम्लिङले तत्काल उक्त घटनामा संलग्नहरुको खोजी गरी कानुन बमोजिम कारबाही गर्न प्रहरी प्रशासन र सरकारसँग माग गरेका छन् ।

‘देश र जनताको हित, समृद्धि र विकासको पक्षमा सही सूचना तथा समाचार दिनका लागि दिनरात खटिरहने श्रमजीवि पत्रकारमाथि भएको यस किसिमको आक्रमण र लुटपाट लोकतन्त्र र कानुनी शासनको राज्यमा क्षम्य हुन सक्दैन,’ विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ उक्त घटनाको बारेमा तत्काल छानबिन अघि बढाई घटनामा संलग्न आक्रमणकारीहरुलाई पक्राउ गरी कानुन बमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासन र सरकारसँग जोडदार माग गर्दछौ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यदि कसैले पनि गुण्डाराज शैलीमा पत्रकारहरुमाथि भौतिक आक्रमण गर्ने, ज्यानको धम्की दिने लगायत कार्य गरी प्रेस अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि बाधा पुर्याउने प्रयास गर्छन् भने त्यो उनीहरुको धृष्टता मात्र हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सार्वजनिक डटकम सुर्खेतका संवाददाता टेकराज थापाम..." A few seconds ago

सम्बन्धित खवर