किर्तिपुरमा विभेद विरुद्ध चित्रकला प्रर्दशन – Satabdi News

 किर्तिपुरमा विभेद विरुद्ध चित्रकला प्रर्दशन

असोज १७, काठमाडौं ।  राजधानीको कीर्तिपुरमा रुकुम नरसंहार पछाडी निरन्तर आन्दोलन गर्दै आएका विद्यार्थीहरुले जातिय विभेदका विरुद्ध साङ्केतिक विरोध स्वरुप “विभेद का विरुद्ध चित्रकला“ भन्ने शिर्षकमा चित्र कोरेर विरोध गरेका छन् ।

वरिष्ठ चित्रकार विके नर बहादुरले नेपाली समाजको यथार्थ परक चित्र कोरेर सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । तस्वीर आफैमा एक यस्तो चिज हो, जसले धेरै कुराको बखान गरेको हुन्छ । जो कोहीले पनि सजिलै बुझ्न सक्ने भएको कारणले चित्रकला मार्फत समाजलाई रुपान्तरण गर्न सकिन्छ भन्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको विद्यार्थी नेता रामलाल राजवंशी विकेले बताए ।

समाजमा हरेक खाले मान्छेहरु छन्, सबैका एउटै सोच पक्कै पनि नहुन सक्छ । तर तस्वीरले दिने सन्देश एउटै हुन सक्छ । यो खाले श्रृजनात्मक कार्यक्रम को लागि आयोजकलाई विशेष धन्यवाद दिन चाहान्छु अधिकारकर्मी सुशील विके ले भने । साहित्य, कला समाजको ऐना भएको र यसका माध्यम बाट पनि समाजको विभेद विरुद्ध आवाज उठाई समाज रुपान्तरण गर्न सकिने भएकाले सडक आन्दोलन संगसगैँ साहित्य, कलाको माध्यम बाट आन्दोलन गर्नुपर्ने भएकाले आजको यो कार्यक्रमले पक्कै पनि सकारात्मक सन्देश दिने अपेक्षा गरेका छौं ।

कार्यक्रमका संयोजक रवि सेन्चुरीले मानिस मानिस बीचमा रहेको यो जातिय विभेद जस्तो कलंकलाई फाल्न धेरै विधिहरु अपनाउन पर्ने आयोजकको भनाई छ । स्पिक आउट अगेन्ष्ट कास्ट सिस्टम नाम दिएको मुभमेन्टले सडक आन्दोलन, सभा सगै विभेद विरुद्ध विभिन्न रचनात्मक कार्यक्रमहरु निरन्तर गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on " किर्तिपुरमा विभेद विरुद्ध चित्रकला प्रर्दशन" A few seconds ago

सम्बन्धित खवर