अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना पुष्टि – Satabdi News

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना पुष्टि

असोज १६, बेलबारी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना भाइरस संक्रमण भएको बताएका छन् । यसअघि उनले आफ्नी एक जना निकट सहयोगीमा कोरोना भाइरस संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेको जनाएका थिए । उनकी ३१ वर्षीया सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतीजा पर्खिरहेको बताएका थिए ।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन् । मंगलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो । बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा ¥यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी थिइन् ।

बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमत..." A few seconds ago

सम्बन्धित खवर