विभेद अन्त्य गर्नका लागी युवा परिचालन गर्ने; उपाध्यक्ष दुङगेल – Satabdi News

विभेद अन्त्य गर्नका लागी युवा परिचालन गर्ने; उपाध्यक्ष दुङगेल

असोज १६, काठमाडौ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव दुङगेलले जातिय विभेद जस्तो अमानवीय क्रियाकलापको अन्त्यको लागि युवा परिचालन गर्ने बताएका छन् । नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पीडित राष्ट्रिय सम्पर्क कमिटीले जातिय विभेद अन्त्यका लागि राष्ट्रिय युवा परिषद्ले अभियान अगाडी बढाउन पर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन गएको टोली संग उपाध्यक्ष दुङगेल ले सो कुरा बताएका हुन ।

संसारका दुई वटा दर्शन अध्यात्मावाद र भौतिकवादले मान्छेको जुनी लाई अमूल्य मानेको बताउदै धर्मशास्त्र अनुसार चौरासी जुनी पार गरेर पाएको मान्छेको जुनी र प्रकृति विज्ञान वा भौतिक विज्ञान अनुसार एक पटक मात्र पाउने मानिसको जुनी मा पनि कोही सानो वा ठुलो कोही दलित वा गैरदलित नहुने बताउदैं, दलित समुदायलाई दलित बनाउनु पर्ने कुनै कारण नरहेको बताए । सम्मान गर्नु पर्ने समुदाय लाई यसरी अपहेलना गर्नु हाम्रो समाजको ठुलो विडम्बना रहेको उनको भनाई छ ।

चेतना त पशुमा पनि छ तर चिन्तन छैन मान्छेमा चेतना र चिन्तन हुदाँ पनि यसखाले अमानवीय विभेद समाजमा रहनु नेपाली समाजको लागि ठुलो चिन्ताको विषय रहेको उनले भने । यसखाले विभेदलाई युवाहरुले टुलुटलु हेरेर नबस्न पनि अनुरोध गरे । मुख्यतः नेपाल का सबै पार्टीहरुले संयुक्त रुपमा विभेद विरुद्ध जागरण अभियान चालेर यसलाई बदल्नु पर्ने उनको जोड थियो । राष्ट्रिय युवा परिषद्ले छिट्टै अनेरास्ववियू , नेविसंघ , राष्ट्रिय युवा संघ, तरुण दल जस्ता प्रमुख जनसंगठनहरुलाई सामाजिक विभेदका विरुद्ध राष्ट्रिय अभियानमा परिचालन गर्न पहलकदमी गर्ने प्रतिबद्धता पनि जनाए । अबको पुस्ताले विभेद नभोग्ने गरि विद्यालय शिक्षा देखि नै जातिय विभेद विरुद्ध पाठ्यक्रम समावेश गर्नु पर्ने पनि उपाध्यक्ष दुङगेलको भनाई छ ।

ध्यानाकर्षण पत्र बुझाउदै विद्यार्थी नेता मोती वि.क.ले समाजमा रहेला कुरीती कुसंस्कारलाई जरै देखि नउखले सम्म नेपाल सरकारले कल्पना गरेको सुखी नेपाली समृद्ध नेपाल को नारा कोरा सावित हुने बताउदैं जातिय विभेद जस्तो विषय लाई खेलाचीं नठानि यसको अन्त्यको लागि एक भएर लाग्नु पर्ने बताए ।

रुकुम पश्चिम नरसंहार पछि जातिय विभेदका विरुद्ध कीर्तिपुर त्रि.वि केन्द्रीत रचनात्मक तथा श्रृजनात्मक अान्दोलन गरिरहेका दलित युवा विद्यार्थी हरुको टोली ले उक्त ज्ञापनपत्र बुझाएको हो । समाजमा जरो गाडेर बसेको जातिय विभेदलाई दलित युवाहरुले मात्र उखल्न सम्भव छैन यसलाई गैरदलित युवाहरु सहित उखेल्न पर्ने नेपाल राष्ट्रिय उत्पीडीत विद्यार्थी संगठन का सह-संयोजक रवि सेन्चुरीले बताए । ध्यानाकर्षण टोलीमा अनेरास्ववियूका केन्द्रीय सदस्य राजेश नेपाली अनेरास्ववियू उत्पीडित राष्ट्रिय सम्पर्क कमिटीका उपाध्यक्ष रामलाल राजवंशी विके , नेकपा युवा नेत्री कल्पना सुनार , किरण वि.क. टीकाराम विश्वकर्मा लगायत सहभागी थिए ।

ध्यानाकर्षण पत्र मा निम्न माग हरु पनि उल्लेखित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विभेद अन्त्य गर्नका लागी युवा परिचालन गर्ने; उप..." A few seconds ago

सम्बन्धित खवर