निगमले गरिन् पीडित बालिकालाई सहयोग – Satabdi News

निगमले गरिन् पीडित बालिकालाई सहयोग

असोज ८, बेलबारी । स्थायी घर काठमाडौ भई हाल क्यानडा बस्ने निलम खनालले बेलबारीकी एक बलात्कार पीडित बालिकालाई आर्थिक सहयोग गरेकी छन् । सामाजिक संजालमा निगुरो टिप्न गएकी बालिका जङ्गलमा बलात्कृत भएको खवर थाहा पाएपछि उनले उक्त सहयोग गरेकी हुन् ।

लामो समयदेखि हिंसा पीडित महिलाहरुको पक्षमा काम गर्दै आएकी खनालले बेलबारीकैअर्की हिंसा पीडित बालिकालाई समेत केही रकम उपलब्ध गराएकी छिन् । घटना सुन्ने बित्तिकै केही सहयोग गरौँ भन्ने लागेको भएपनि कुन माध्यमबाट कसरी सहयोग पठाउने भनेर आफूले केही साथीहरुलाई सामाजिक संजाल मार्फत नै पीडितको सम्पर्क लिने प्रयास गरेको तर सफल नभएपछि बेलबारी नगरपालिकाकी उपमेयरलाई सम्पर्क गरि आफूले प्रदान गर्न लागेको रकम उहाँलाई नै पठाएँ । पीडित परिवारलाई केही समयको लागि हांतमुख जोर्ने समस्या भनेर सानो सहयोग गरेकी हुं-खनालले भनिन् । उनले आफूले पठाएको रकम पीडितको घरमै पुगेर हस्तान्तरण गरेकोमा उपमेयरलाई धन्यवाद प्रदान गरिन् ।

पीडित परिवारले निगमलाई आफ्नो लागि भगवान बनेर अफ्ट्यारोमा परेको बेला सहयोग गरेको भन्दै उपमेयर मार्फत धन्यवाद सुनाइदिन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "निगमले गरिन् पीडित बालिकालाई सहयोग" A few seconds ago

सम्बन्धित खवर