अनेरास्ववियु र नेबि संघलाई केटाकेटीको व्यबहार प्रर्दशन नगर्न सवियुको आग्रह – Satabdi News

अनेरास्ववियु र नेबि संघलाई केटाकेटीको व्यबहार प्रर्दशन नगर्न सवियुको आग्रह

भाद्र २४, धरान । कोरोना भाईरसको महामारीको कारण शिक्षा क्षेत्रमा परेको नकारात्मक प्रभाबले आम विद्यार्थीहरुको भबिष्यमाथी खेलवाड हुने भएकोले समाजबादी विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पस इकाईले बार्षिक कार्यक्रम अन्तगर्त अनलाईन कक्षाहरु संचालन गर्नु पर्ने माग राखेका छ्न ।

यस बिषम परिस्थितिमा अनलाइन कक्षा संन्चालन गर्ने बिषयमा अनेरास्ववियु र नेबिसंघले विद्यार्थीहरुको हक अधिकारको लागि लड्ने नाममा प्रेस बिज्ञप्ति जारी गर्ने, प्रतिस्पर्धा गर्ने र क्याम्पस प्रशासनमा तालाबन्दी गर्ने केटाकेटीको व्यबहार प्रर्दशन गरेको कार्यप्रती समाजबादी विद्यार्थी युनियनले गम्भीर ध्यानाकर्षण गरेका छन । ज्ञापन पत्रमा अनेरास्ववियु र नेबि संघलाई जिम्मेवारी भएर अगाडी बढ्न आग्रह समेत गरेका छन । क्याम्पसमा भएको प्रेस बिज्ञप्ति जारी गर्ने होडबाजी संगै गरिएको तालाबन्दी र अनलाइन कक्षा संन्चालन गर्ने बिषयमा क्याम्पस प्रशासनलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाएका छ्न ।

ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु
१) क्याम्पस प्रशासनमा लागेको ताला सम्बन्धित पक्षसँँग समन्वय गरेर तत्काल खोली अनलाइन कक्षा संचालन गर्नु पर्ने ।
२) नोबल कोरोना भाइरसको महामारीबाट सामान्य अवस्थामा जनजीवन नफर्केसम्म अनलाइन कक्षाको नाममा कुनै पनि शिर्षकमा शुल्क लिन नहुने ।

३) वार्षिक कार्यक्रमका सबै संकायका अनलाइन कक्षाहरु प्रभावकारी रुपमा सञ्चालन हुनु पर्ने ।

४) क्याम्पसमा विद्यार्थी हक अधिकारको नाममा हुने सस्तो प्रचारवाजी बन्द गरिनु पर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अनेरास्ववियु र नेबि संघलाई केटाकेटीको व्यबहार प..." A few seconds ago

सम्बन्धित खवर