बन्दाबन्दीको समयमा त्रिभुवन विश्वविद्यालयको सौर्न्दर्य थप गर्दै - बिभाग प्रमुख डा.डम्बर चेम्जोङ – Satabdi News

बन्दाबन्दीको समयमा त्रिभुवन विश्वविद्यालयको सौर्न्दर्य थप गर्दै – बिभाग प्रमुख डा.डम्बर चेम्जोङ

असार १४, किर्तिपुर । त्रिभुवन बिश्वबिद्धालय मानवशास्त्र केन्द्रीय विभागले बन्दाबन्दीको समयमा घडी घर अगाडि बगैँचा निर्माण गर्ने काम सम्पन्न गरेको छ ।

उक्त बगैंचामा अम्बा, ऐभोकाडो, ओखर, कागती, जुनार, भोगटे, सुन्तला, स्याउ गरेर ३५ बोट जति फल-विरुवा लगाईएका छ्न । घडिघर अगाडि महाकवि देवकोटाको शालिकको एकतर्फ ल्यान्डस्केपिङ गरेर फूल तथा विरुवा लगाएसंगै अर्कोतर्फ विभिन्न फलका विरुवा लगाउन शुरु गरिएको कुरा मानबशास्त्र केन्द्रीय बिभागको प्रमुख डा. डम्बर चेम्जोङले बताए ।

बिभाग प्रमुख डा डम्बर चेम्जोङ बिरुवा रोप्दै

बगैंचा निर्माण गर्नमा बिभाग प्रमुख आफैले २ पटक प्राङ्गारिक मलको बोरा र विरुवा ओसारेँको बताए । अब अर्को चरण बगैंचामा नास्पाती लगायत थप अरु फलहरु लगाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बन्दाबन्दीको समयमा त्रिभुवन विश्वविद्यालयको सौर..." A few seconds ago

सम्बन्धित खवर