धिमाल राजारानी मेला नलाग्ने, पुजा भने गरिने – Satabdi News

धिमाल राजारानी मेला नलाग्ने, पुजा भने गरिने

बेलबारी । विगतकाे बर्षहरुमा गरिदै आएकाे धिमाल राजारानी मेला यस पटक काेराेना भाईरसका कारण नलाग्ने भएकाे छ ।

धिमाल जातिय विकास केन्द्रले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै मेला नलाग्ने तर सिमित मानिसकाे उपस्थितिमा पुजा गरिने जनाएकाे छ । धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्धारा हस्ताक्षरीत विज्ञप्तीमा महामारी नफैलियाेस्, राेगव्याधी नलागाेस्, समय मै बर्षात हाेस्, बालिनाली राम्राे हाेस्, जंगली जनावरबाट बच्न प्रकृतिकाे पुजा गर्ने गरिएकाे उल्लेख छ । त्यस्तै विज्ञप्ती मार्फत सरकारले जारी गरेकाे लकडाउनलाई पालना गर्न समेत सबैलाई आग्रह गरिएकाे छ ।

प्रेस विज्ञप्ती
विश्वका मानव समुदायलाई अहिले कोरोना भाईरसले त्रसित बनाएको छ । सधै व्यस्त रहने मानिसहरु अहिले कोठा भित्र बस्न बाध्य भएका छन् । सधै मानिसको भिडले भरिभराउ हुने बसपार्क, हवाई मैदान, ठुला पसल, उद्योगहरु, सिनेमा हल, लगायत सबै स्थानहरु मानिस नभएकाले शुन्य छ । अझै कहिले खोल्ने त्यसको सुनिश्चिता भएको छैन् । कोरोना भाईरसको औषधि अहिलेसम्म कुनै देशमा बन्न सकेको छैन् । अहिले हस्पिटलहरुमा डाक्टरहरुले औलो ज्वरोको औषधि हाईड्रोअक्साइड क्लोरिनले यो भाइरसको उपचार गरिरहेका छन् । अहिलेसम्म २०९ देशहरुमा फैलिई सकेको छ । Johns Hopkins University का अनुसार १७ लाख ३ हजार १ सय ४७ जना मानिसहरु यो भाईरसबाट संक्रमित भएका छन्, जस मध्ये १ लाख २ हजार ८ सय ४६ जनाको मृत्यू भैसकेको छ भने ३ लाख ७७ हजार २ सय ७३ जना औषधि उपचार गरेर घर फर्किसकेका छन् । अधिकांश देशहरु लकडाउनमा छन् ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पनि ९ जनालाई यो भाईरस लागेको छ भने १ जना उपचार पछी घर फर्किएका छन् । बाँकी ८ जनाको उपचार भईरहेको छ । नेपालमा यो भाईरसले अहिलेसम्म सामान्यरुप मात्र लिएको छ । नेपाल जस्तो गरिब देशमा यो भाईरस फैलिए बिकरालरुप लिने पक्का छ । अमेरिका, बेलायत, ईटाली, स्पेन, चिन, फ्रान्स, जर्मनी जस्तो बिकसित देशहरुलाई कोरोना भाईरसले विक्षिप्त पारिसकेको छ । अन्य देशमा जस्तो नेपाल फैलिन नदिन नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । नेपाल सरकारको अर्को निर्णय नआएसम्म २०७७ बैशाख ३ गतेसम्म लकडाउन रहनेछ । यो भाईरसले सबै क्षेत्रलाई प्रभाब पारेको छ । सबैले यो महामारी रोगबाट बच्नु र बचाउनुको अन्य विकल्प छैन् । त्यस कारण विश्व स्वस्थ्य संगठन र नेपाल सरकारले जारी गरेको निर्देशन सबैले पालना गर्न हाम्रो धिमालहरुको एक मात्र गौरवशाली संस्था धिमाल जातीय विकास केन्द्र, केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछ ।
धिमालहरुको मौलिक पर्व जातिरी तथा सिर्जातको शुरुवात लेटाङ नगरपालिका वडा नं. १ मा अवस्थित धिमाल राजारानीबाट बैशाख २ गतेदेखि हुने सबैमा जानकार नै छ । कोरोना भाईरसको कारण यो वर्ष बैशाख २ गते धिमाल राजारानीमा जातिरी (मेला) नलाग्ने सबै भक्तालुजनहरुमा जानकारी गर्दछौ । धिमालहरुले यो पर्व यस्तै महामारी रोगहरु नफैलियोस्, रोगव्याधीहरु नलागोस, बालीनाली राम्रो होस्, समयमा वर्षात होस्, जंगली जनावरको आक्रमणबाट बच्न प्रकृतीलाई पुजा गर्ने चलन छ । यो वर्ष जातिरी नलाग्ने भएकाले सिमित मानिसहरु मात्र धिमाल राजारानी गएर पुजा गर्ने सबैमा जानकारी गर्दछौ । अन्तमा सबैले लकडाउनको पालना गरौं र कोरोना भाईरसबाट आफु पनि बाँचौ, अरुलाई पनि बचाऊ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल राजारानी मेला नलाग्ने, पुजा भने गरिने" A few seconds ago

सम्बन्धित खवर