समाजबादी पार्टीको अध्यक्ष उपेन्द्र यादबद्दारा सरकारलाई कोभिड १९ रोकथामको १० बुद्दे सुझाब – Satabdi News

समाजबादी पार्टीको अध्यक्ष उपेन्द्र यादबद्दारा सरकारलाई कोभिड १९ रोकथामको १० बुद्दे सुझाब

Corona virus (COVID-19) कोरोना [ कोविड १९ ] आज विश्वभरी तीव्रगतिमा फैलिँदै गई विश्वभरीकै मानव समुदायलाई क्षति पुरयाईरहेको सर्वविदित नै छ । यस विषम परिस्थितिलाई परास्त गर्न नेपाल सरकारले गर्नुपर्ने निम्न कार्यहरू शीघ्रातिशीघ्र गर्नुपर्छ ;-

  •  १. चिकित्सक ,स्वास्थ्यकर्मी ,नर्सलगायत स्वास्थ्यक्षेत्रमा कार्यरत व्यक्तिहरूलाई सुरक्षाको दृष्टिकोणले व्यक्तिगत सुरक्षा उपकरण [ P .P . E. ] उपलब्ध गराउनुको साथै उनीहरूलाई उच्च मनोवल बढाउन आर्थिकलगायत अन्य सेवा – सुविधाहरू उपलब्ध गराउनुपर्ने ।
  • २. सीमा नाकाहरूमा आवागमनमा नियन्त्रण गर्नुपर्ने ।
  • ३. कोरोना भाइरसको शंकास्पद व्यक्तिहरूलाई अविलम्ब क्वारेन्टिनमा राखी खाने – बस्नेलगायत अन्य सेवा – सुविधाहरूको व्यवस्था गर्नुपर्ने । ४. औषधि एवं खाद्यान्नलगायत अत्यावश्यक सामग्रीहरूको आपूर्ति गरी सहजरूपमा वितरणको व्यवस्था गर्नुपर्ने।
  • ५. मजदुर , निम्न आय र अति विपन्न आय भएका ज्यालादारी जीवन गुजारा गर्नेहरूका लागि लकडाउन अवधिभरी राहतको विशेष प्याकेजको व्यवस्था गरी अविलम्ब उपलब्ध गराउनुपर्ने ।
  • ६. पशुपक्षी तथा घरपालुवा जनावरहरूको लागि आवश्यक आहारको व्यवस्था गरी उपलब्ध गराउनुपर्ने ।
  • ७.अहिलेको विषम परिस्थितिमा स्वास्थ्य उपकरण तथा औषधिलगायत सामग्रीहरूको खरीदमा भएको अनियमितता र अन्य कुनै बहानामा भैरहेको भ्रष्टाचारलाई पूर्णरुपेण अन्त्य गर्नुपर्ने ।
  • ८. आवश्यक सहयोगका लागि एउटा उच्चस्तरीय सर्वपक्षीय विज्ञहरूको समूह गठन गरी प्रभावकारी ढड्गले परिचालन गर्नुपर्ने ।
  • ९. छिमेकी मुलुकहरूलगायत मित्र राष्ट्रहरूसँग समन्वय गरी आपूर्ति व्यवस्थालाई सहज गर्नुपर्ने ।
  • १०. कोरोना भाइरस बाहेकका अन्य बिरामीहरूलाई उपचारका लागि सहजरूपमा अस्पताल पुरयाउने र अविलम्ब उपचार गर्नका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजबादी पार्टीको अध्यक्ष उपेन्द्र यादबद्दारा स..." A few seconds ago

सम्बन्धित खवर