
काठमाडौं : कोरोना संक्रमण रोकथाम गर्न सरकारलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ। कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा पार्टीका तर्फबाट एकमुष्ट ५० लाख रूपैयाँ जम्मा गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। यसअघि कांग्रेसका तर्फबाट संघीय सांसदहरुले एक महिनाको तलब दिने निर्णय भइसकेको शर्माले ट्वीटमा उल्लेख गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?




