कोरोनाको भाईरसबाट बच्ने आदिबासी ज्ञान – Satabdi News

कोरोनाको भाईरसबाट बच्ने आदिबासी ज्ञान

सन् २०१२ मा पहिलो पटक संयुक्त राष्ट्र संघको एउटा कार्यक्रममा पहिलो पटक मैले भोल्युन्टरीली आइसोलेटेड इण्डिजिनियस पिपल्स (voluntarily isolated Indigenous Peoples ) को विषयमा छलफल भएको सुनेको थिएँ । यो यस्तो अत्यन्त थोरै संख्यामा भएका आदिवासीहरु हुन् जो बाहिरी दुनियासँग आउन पनि चाहान्नन् र बाहिरकालाई आफ्नो भूमिमा छिर्न पनि दिदैनन् । निकै गजब लागेको थियो मलाई भुमण्डलीकरणको दुनियामा यस्तो समुदाय ।
एकजना भाइले निकै आक्रोसपुर्णरुपमा यस समुदाय प्रति बाहिरी दुनियाले गरेका ज्यादतीको बक्तब्यले मलाई तान्यो । मैले उनीसँगै रहेको पाका भलाध्मीलाई दोभाषेमार्फत सोधें । किन तपाईहरु बाहिरी दुनियाँमा आउन मिल्दैन ? उहाँले भन्नु भयो, “मिल्छ तर बाहिरी दुनिया पापै पापको दुनियाँ हो, रोगै रोगको दुनियाँ हो कुन दिन सकिन्छ थाहा हुन्न । हाम्रा ठाउँमा दुनियाँका मानिस आए भने छलछाम, रोग ब्याधि ल्याउँछ हामी बाँच्नै सक्दैनौं ।”
अनुसन्धान गर्दा करिब २०० जति यस्ता समुदाय ल्याटिन अमेरिकी देशहरुमा रहेछन् (यस समुदाय सम्बन्धी ओ एच सि एच आर गाइडलाइन्स २०१२) ।
सन् १९८० तिर पेरुमा रहेका नहुवा समुदाय, जो बाहिरी दुनियासँग सम्पर्क राख्दैनन् उनीहरुको बसोबास रहेको जंगलमा बाहिरी मानिसहरु काठ ब्यापारकालागि आए । तिनिहरुको सम्पर्कमा आउनसाथ रुघा खोकी, विभिन्न प्रकारका रोग सारेर गए । तथ्यांकले ६० प्रतिशत यस समुदायका सदस्यहरुले ज्यान गुमाउनुपरेको थियो । (IWGIA report २०१०) । यो एउटा उदाहरण मात्र हो ।
बाहिरी दुनियाँमा आउन मिल्छ तर बाहिरी दुनिया पापै पापको दुनियाँ हो, रोगै रोगको दुनियाँ हो कुन दिन सकिन्छ थाहा हुन्न । हाम्रा ठाउँमा दुनियाँका मानिस आए भने छलछाम, रोग ब्याधि ल्याउँछ हामी बाँच्नै सक्दैनौं ।
त्यसैगरी युरोपियन उपनिवेशबादीहरु अमेरिकामा आएपश्चात् त्याहाका आदिवासीहरुलाई दादुरा, टि.बी, प्लेग जस्ता सरुवारोगहरु सारेर सोत्तर बनाएको इतिहास छ । अस्ट्रेलियाका आदिवासीलाई पनि युरोपियन उपनिवेशबादीहरुले त्यसरी नै रोग सारेका थिए ।
बास्तवमा अहिलेको दुनिया र दुनियाले गरेको विकास बास्तवमा यस्तै अनगिन्ती रोग ब्याधिका गुँड हो । कोरोना पनि त्यस भन्दा भिन्न छैन । यो विश्वमा सृजित महामारी हो ।
भोल्युण्टरी आइसोलेसन आदिवासीको ज्ञान हो । कोरोना शहरबजारबाट गाँउतिर पस्दैछ । यदि शहरीयाहरु गाउँमा नपस्ने हो भने पेरुका वाराओमी आदिवासी जस्ता एकान्त जंगल र .नदिकिनारमा वाहिरि दुनियाका कसैसँग सम्पर्क नगरी बस्नेहरु पक्कै कोरोनाबाट सुरक्षित हुनेछन् ।
धेरै टाढाको कुरा छोडौं, नेपालका राउटे आदिवासी समुदायकै कुरा गरौं । उनीहरु अरुलाई दुनिया भन्छ । केहीवर्ष अगाडि सम्म पनि उनीहरु हामी दुनिया जस्तो बस्न सक्दैनौ, भन्दथे । र अझैपनि उनीहरु भन्छन्, “हाम्रो घर (जंगल) नछोइदेऊ” । जंगलमा बस्ने जिवन शैली हो राउटे समुदायको पहिचान ।
“पहिचानले खान दिन्छ ?’ भन्ने प्रधानमन्त्री अहिले आफै जनतालाई घरैमा आइसोलेसनमा बस्नु भन्न थाल्नुभएको छ । आफू सुरक्षित हुन त राउटे कै बुद्धि लिनु पर्ने रहेछ । त्यसैले भन्न मन लागेको छ, प्रधानमन्त्री ज्यू “पहिचानले खानमात्र होइन, ज्यानपनि जोगाउँछ । त्यसैले फरक गर्न सक्नुपर्दछ । र फरक पहिचानलाई जोगाउँदै, आदिवासी ज्ञान, परम्परा, विज्ञान र संरचना निर्माण गर्ने विवेक प्रयोग गरेको भए शायद यो दुनिया पाप र रोगको घर बन्दैन थियो होला ।
त्यसैले भन्न मन लागेको छ, प्रधानमन्त्री ज्यू “पहिचानले खानमात्र होइन, ज्यानपनि जोगाउँछ । त्यसैले फरक गर्न सक्नुपर्दछ । र फरक पहिचानलाई जोगाउँदै, आदिवासी ज्ञान, परम्परा, विज्ञान र संरचना निर्माण गर्ने विवेक प्रयोग गरेको भए शायद यो दुनिया पाप र रोगको घर बन्दैन थियो होला ।
कोरोनाको कहर, आतंकित दुनिया, स्वयं निगरानी (क्वरिन्टाइन) तथा आइसोलेसन ( बाहिरि दुनियासँग विच्छेद) बर्तमानको यथार्थ यहि हो । विज्ञहरु कोरोना एक भाइरस हो भन्छन् तर उपचार के हो ठयाक्कै बताउँदैनन् खाली बचावट र रोकथामको कुरा गर्छन् । निदान बारे बोल्दैनन ।
चीनको वुआनमा कहर मच्चाएर युरोपलाई इपिसेन्टर बनाएको छ । फेरि एशिया फर्केको जस्तो छ भने अफ्रिका तिर पनि यात्रा गरिरहेछ । साँच्चै भन्ने हो भने मान्छेले निर्माण गरेको देशका सिमाना र अध्यागमनका पर्खाल त ध्वस्त बनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको मेक्सिको बोर्डरमा आप्रवासी रोक्ने पर्खालको कुरा कोरोनाको यात्रामा दिवा सोप्ना भएको छ ।
दोस्रो विश्वयुद्धको विभिषिका जस्तै मानिसहरुमा छाएको छ कोरोना । तर कोरोना आफै आउँदैन यसलाई त मान्छेले ल्याउँछ । त्यसैले त आदिवासी यस्तो रोग ल्याउने दुनियालाई आफ्नो ठाउँमा छिर्न दिदैन, अनि ढुक्क भएर बस्दछन । खोस्ने त केवल दुनिया हो । जस्तो संविधान, कानून नियम बनाएको त्यही आदिवासीको थातथलो खोसाउनको लागि हो । खानी र पानी र जंगल राज्यको भन्ने कानूनले आदिवासीको लुटेर लिनको लागि हो । आदिवासीको दृष्टिमा त तेल, विजुली, पानी, कलकारखाना बनाउने कानून त लुटेराहरुलाई संरक्षण गर्ने मात्र हो । नत्र लुटेरा फष्टाउने अनि बर्षौदेखि जल जमिन खानी र पानी जोगाउने कसरी मासिन्छ ? नखोसेको भए ? (क्यानाडाको मोहाक चीफको टिप्पणी आत्मनिर्णयको अधिकार बारे यु एन मा २०१३) आदिवासीहरु ठान्छन् कि (मदर अर्थ र मदर नेचर) धर्ती आमा र प्रकृति आमा) लाई विकासको नाममा चिथोरेको, लुछेको र अत्याचार गरेको असहनीय भइसक्यो । आमा भएकोले ममताको आँचलमा माफ त पाइएला तर पापको परिणाम त भोग्नै पर्ने रहेछ । अपराध गर्नेले दण्ड पाउँछ प्राकृतिक न्यायको सिद्धान्त हो यो ।
कोरोना आफै आउँदैन यसलाई त मान्छेले ल्याउँछ । त्यसैले त आदिवासी यस्तो रोग ल्याउने दुनियालाई आफ्नो ठाउँमा छिर्न दिदैन, अनि ढुक्क भएर बस्दछन । खोस्ने त केवल दुनिया हो ।
अहिलेको जलवायु परिवर्तन त्यसतै दण्ड हो हामीले भोगिरहेको । रासायनिक र विषदियुक्त खानेकुराले निकालेको क्यान्सर, अब पाँचौ जेनेरेसन इन्टरनेट (5G) ले उत्पन्न गर्ने छन र उच्च विद्युत प्रसारण लाइन ले निकाल्ने electronic Magnefield को कारण बढने क्यान्सर र गर्भपतन त बढेरै जाने हो । एकाथरि बैज्ञानिक, वातावरणविद्हरु ५ जी ल्याउनु हुन्न सुसाइडल हुन्छ भनेका छन् । तर दुनियालाई फाष्ट इन्टरनेट चाहिएको छ । सरकारमा बस्नेलाई कमिशन । “०७२ सालको भुकम्पमा आफ्नै घर संग डर लाग्थ्यो अहिले ०७६ सालको कोरोनाले आफनै मान्छे संग डराउनु परयो ।”टहल थामी आफनो फेसबुक वालमा भन्छन, “ यो भन्दा के हुन्छ विडम्बना ? कहिलेकाहीँ अचम्म हुदो रहेछ विपत्ति परेको बेलामा । ०७२ सालमा भुकम्प गए पछि भविष्यबक्ताहरु धेरै निक्ले फेरि भुकम्प जान्छ भनेर भविष्याबाणी गर्नेहरु । माताहरु, पण्डितहरु देखि साधारण मान्छेहरु पनि आतंक फैलाउने ।
अहिले कोरोनाको समयमा कोही शंख फुक्दै मन्दीरमा पूजा गर्ने, कोही कोट सुट लाएर जिसस् क्राइष्ट पुकार्दै कोरोना भगाउने कोही गाइको गहुँत अर्थात पिसाव र गोबरले कोरोना निको हुन्छ भन्ने उत्पटयाङहरु देखा पर्दैछन् । कुन देशमा हो जिससले बँचाउछ भन्दै मान्छे भेला गरेर कोरोना जोखिम बढाएको समाजिक संजालमा आएको सत्य हो कि के हो थाहा छैन । तर आदिवासीहरुले हजारौं बर्षको अनुभव बाट सिकेको ज्ञान दुनियाबाट अलग्ग रहनु यस्तो बेलामा काम लाग्छ । कठीन होला तर प्रयास गरौं । हाम्रा दुनिया इन्टरनेटबाट यति ग्रस्त छ कि । १२ घण्टाको थकित यात्रापछि होटलमा बास बस्न गयो भने खाना र सुत्ने ठाउँ भन्दा पनि इन्टरनेट छ ? भन्ने पहिला सोध्ने कुरा आउँछ । मलाई पारागुवेन आएरो समुदायको इमेसिनेको गीतको बोल याद आयो ।“ म हामी स्वतन्त्र भएको बेला, रोग ब्याधी नभएको बेला, सिमा नलागेको स्वतन्त्र घुमफिरको बेला सम्झेर गीत गाउँछु ।
एउटा नौका चढेर बाहिर दुनियका मानिसहरु आए त्यो नै हाम्रो दुर्दशा थियो । तिनिहरुले सबै हाम्रा कुरा खोसे, हाम्रा महिलालाई दुब्र्यवहार गरे । हाम्रा बालबच्चालाई तिनिहरुको दुनियमा लगे । हाम्रा बालबच्चा आउन त आए उनीहरु हामी जस्ता होइनन् तिनिहरु जस्ता भए । आफनै घर भत्काउन थाले आफ्नै संस्कृति मास्न थाले, “(कार्लोस कमाको नसार) । इण्डिजिनियस टेलिभिजनमा डा. अरुण उप्रेतिको अन्तरवार्ता सुने । भारतको एक डाक्टरको पनि । उनीहरुले हाम्रै परम्परागत जडीबुटी, घरैमा प्रयोग हुने मरमसलाले इम्यून सिस्टम बढाउन मद्धत गर्छ रे । कोरोनाले इम्यून सिस्टम कमजोर हुनेलाई बढि प्रभाव पार्छ रे । यदि त्यसो हो भने मलाई हाम्रा आदिवासीय ज्ञान मा आधारित खानेकुरा र औषधी के छ । त्यसलाई प्रयोग गरौं ।
ज्वरो खोकी लाग्दा मेरो बोजुले मलाई बनाइदिने औषधी जसले म बच्चा हुँदा ज्वरो खोकी च्वाटेै हुन्थ्यो, त्यस्को सम्झना गरायो । हाम्रा औषधी विज्ञान र सम्पदा र साँस्कृतिक थलो एकअर्कामा अपरिहार्यरुपमा जोडिएको छ । जस्तो खोकनाको पिंग द्यः काठमाडौं भरिका बैद्यहरु आफ्ना विद्या सिके पछि पारंगत भयो भएन भन्ने विषयमा त्यहाँ गएर पूजा गर्दै उपचार गर्नुपर्ने (अशोज महर्जन ) । कतै हाम्रै बैद्यहरुसँगको ज्ञान छ की ? २००५ मा सुनामी आँउछ भनी समुन्द्रतट सुरक्षा अधिकारीलाई बताउँदा । दिउँसै जाँड खाएको भनी नपत्याएका र आदिवासीहरु चाही सुरक्षित ठाउँमा गएर बसेको कारण उनीहरु बाँचे । धेर्रैको अकालमा ज्यान गयो । त्यत्रो बैज्ञानिक ज्ञान हुने र उपकरणले थाहा नपाएको सुनामी आउने थाहा पाउने ज्ञान आदिवासीमा छ । कम्प्यूटर विना आँधीको अनुमान गर्न सकिन्छ भने वेकारमा कम्प्युटर चाहीयो किन ? यो छलफलको विषय होला । हुन त फाष्ट ट्रयाक खन्ने क्रममा पिंग द्यः भत्काउन लागिएको छ ।
यो भत्कियो भने बैद्य ज्ञान पनि हराएर जाने निश्चित छ । त्यसैले यो बेला हाम्रा ज्ञान खोजौं फेसबुकमा कुनदेश सहायता लिएर नेपाल आउन ठीक परेको छ भन्दै पोष्ट गर्न भन्दा यता ध्यान दिउँ । यो मगन्ते र आसे बन्न छार्डौ । अहिलेको बैज्ञानिक भनेको स्वास्थ्य विज्ञानको परिभाषा अनुसार मानिस स्वास्थ्य हुन शारिरीक र मानसिक स्वास्थ हुनुपर्छ रे । तर यो अपुरो छ आदिवासी ज्ञानको कसीमा । किनकि आदिवासी स्वास्थ्य ज्ञानमा एउटा मानिस पूर्ण स्वास्थ्य हुन ४ कुरा संतुलनको आवश्य पर्छ । (१) शारिरीक स्वाथ्य (२) मानसीक स्वाथ्य (३) इमोशनल विषय (४) आध्यात्मिक विषय ।
त्यसैले आदिवासी ज्ञानबाट हेरौं । एण्डोमन र निकोवार समुन्द्री टापुहरुमा बस्ने आदिवासीहरुको ज्ञानले सुनामी आउँदा बच्न सक्ने बनाएको छ । २००५ मा सुनामी आँउछ भनी समुन्द्रतट सुरक्षा अधिकारीलाई बताउँदा । दिउँसै जाँड खाएको भनी नपत्याएका र आदिवासीहरु चाही सुरक्षित ठाउँमा गएर बसेको कारण उनीहरु बाँचे । धेर्रैको अकालमा ज्यान गयो । त्यत्रो बैज्ञानिक ज्ञान हुने र उपकरणले थाहा नपाएको सुनामी आउने थाहा पाउने ज्ञान आदिवासीमा छ । कम्प्यूटर विना आँधीको अनुमान गर्न सकिन्छ भने वेकारमा कम्प्युटर चाहीयो किन ?

यो छलफलको विषय होला । तर आज लिम्बूको मुन्धुममा वा संस्कारमा आइसोलेसनको अवधारणा छ कि भनेर मुन्धुममा तथा लिम्बु संस्कारमा ज्ञान राख्ने येहाड. दाईसँग छलफल गर्दा घरमा कसैलाई रोग ब्याधी लाग्दा हिम सम्माङ, युमा सम्माङको अनुष्ठान गर्दा घर भित्र भएकालाई भित्र बाहिर गर्न नदिने र घर बाहिरबाट आउनेलाई प्रवेश गर्न नदिने साम्माङ सिक्छिङ अर्थात् घरको देउता रिसाउँछ भन्ने रहेछ । यसको तार्किक आधार वा अर्थ के हुन्छ, भने घरमा बस्नेहरु आइसोलेसनमा बसे र्औषधी र उपकार लाग्छ वा रोग अझ बढेर नजाने भन्ने देखिन्छ । त्यसैले केही दिन आइसोलेसनमा बसौं । म जस्तो छटपटेलाई भने निकै गाह्रो छ । फोन आएको आएकै छ । तर पनि मन थामेर बसेको छु । आफू पनि कोरोनाबाट सुरक्षित रहौं अरुलाई पनि राखौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर