शुभ समाचार; कोरोना भाईराससंग डराउनु पर्दैन – Satabdi News

शुभ समाचार; कोरोना भाईराससंग डराउनु पर्दैन

चैत ७, काठमाडौ । कोरोना भाईरस सम्बन्धि ग्लोबल पब्लिक अफेयर्स, क्यानाडाले लिकालेको तथ्यांकमा कोरोना भाईरससंग नडराउनु पर्ने निष्कर्ष सार्बजनिक गरेको छ । क्यानाडाले विभिन्न देशमा लागेको बिभिन्न देशमा उपचारको क्रममा निको भएको १६ अनुभव तयार पारेका छ्न ।

१. चीनले उसको अन्तिम कोरोना अस्पताल पनि कोही उपचार गर्न नआएर बन्द गरिसक्यो।

२. भारतमा डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भैसकेका छन्। बिरामीहरुमा निम्न औषधि चलाइएको थियो : Opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine. भारतीय डाक्टरहरुले संसारभरि सोही औषधि चलाउन सुझाब दिएका छन्।

३. एरासमस मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बिरुद्धको एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् ।

४. वुहान चाइनामा १०३ वर्षकी हजुरआमा कोभिड-१९ को ६ दिने उपचारपछि पूर्णरुपले निको भएर घर फर्किएकी छिन् ।

५. एप्पल कम्पनीले उसका बन्द भएका ४२ वटा पसल चाइनामा पुन: संचालनमा ल्याएको छ।

६. क्लेभिल्यांड क्लिनिकले कोभिड -१९ को परीक्षण रिजल्ट केही दिनको साटो केही घन्टामै आउने उपायको बिकास गरेको छ।

७. दक्षिण कोरियामा नयाँ बिरामीको संख्या घटिरहेको छ।

८. कोरोनाको सबैभन्दा ठुलो मार इटलीलाई परेको छ । जसको मूख्य कारण हो इटलीको जनसंख्यामा ज्येष्ठ नागरिकको मात्रा युरोपभरिमै सबैभन्दा बढी हुनु ।

९. इजरायलका वैज्ञानिकहरु कोरोना भाइरस बिरुद्धको खोप बिकास भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन्।

१०. अमेरिकाको मेरील्याण्डका तीनजना कोभिड-१९ का बिरामी पुरै निको भएर दैनिक जीवनमा फर्किसकेका छन्।

११. क्यानाडाका वैज्ञानिकहरुको संजालले कोभिड-१९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको छ।

१२. सान डिएगोको एउटा बायोटेक कम्पनी सिंगापुरको ड्युक विश्वविद्यालय र नेसनल युनिभर्सिटी अफ सिंगापुरसँग मिलेर कोभिड-१९ को खोप बिकासमा तीब्रढंगले लागिरहेको छ ।

१३. टुल्सा गाउँको पहिलो कोभिड-१९ को बिरामी निको भएका छन् । उनको पछिल्लो दुई परीक्षणमा दुवै पटक ‘नेगेटिभ’ देखिएको छ। कोभिड-१९ निको हुने रोग हो भनेर यसले देखाउॅछ।

१४. नयाँ दिल्लीको सफ्दरगन्ज अस्पतालमा उपचार गराइरहेका सातैजना बिरामी पुरै निको भएका छन्।

१५ . कोभिड -१९ बाट भर्खरै निको भएका बिरामीको शरीरबाट प्लाज्मा झिकेर नयाँ संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।

१६. अमेरिकाको सियाटलमा कोभिड-१९ को खोपको मानव सुरक्षा परीक्षण सुरु भएको छ।

(श्रोत: ग्लोबल पब्लिक अफेयर्स, क्यानाडा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "शुभ समाचार; कोरोना भाईराससंग डराउनु पर्दैन" A few seconds ago

सम्बन्धित खवर