लिम्बु विद्यार्थी मञ्चको २२ औं स्थापना दिवसको अवसरमा सचेतना मुलक कार्यक्रम सम्पन्न – Satabdi News

लिम्बु विद्यार्थी मञ्चको २२ औं स्थापना दिवसको अवसरमा सचेतना मुलक कार्यक्रम सम्पन्न

५ चैत, धरान । लिम्बु विद्यार्थी मञ्चको २२ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
धरानको मुटु भानुचोकमा दिप प्रज्वलन गरी विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट बच्न सचेतता मुलक कार्यक्रमसम्पन्न भएको हो ।
उक्त कार्यक्रममा लिम्बु विद्यार्थी मञ्च केन्द्रिय उपमहाचिव सरगम सागर चेम्जोङ, सचीव डिल्ली लुङ्फुङ्वा लगायत सुनसरी भरी रहेका विभिन्न क्याम्पसबाट लिम्बु विद्यार्थीहरु उपस्थित हुनु भएको थियो ।
विश्वभरि कोरोना भाईरसको कारणले मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको संगठनका केन्द्रीय उपमहासचिव सागर सरगम चोमजोङले शताब्दी न्युजलाई बताउनु भयो ।
कार्यक्रममा साठी सत्तीरको संख्यामा विधाथी उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लिम्बु विद्यार्थी मञ्चको २२ औं स्थापना दिवसको अ..." A few seconds ago

सम्बन्धित खवर