४ चैत, काठमाडौ । किरात मुन्दुम अध्ययन केन्द्रले नेपालका विभिन्न विश्वविद्यालयबाट स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको लागी किरात मुन्दुममा शोध अनुसन्धान (थेसिस) गर्नु भएका दुई जना विद्यार्थीलाई छात्रवृत्ति गर्ने फराम फागुन १० गते खुल्ने भएको छ । फारामको लागी २०७५ चैत १९ गते सम्म आफनो शोधपत्र गरिसकेको हुनु पर्नेछ । हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै गरेको कार्यक्रमलाई निरन्तरताको लागी फाराम खुलाईएको संस्थाको अध्यक्ष जितेन राईले जानकारी गराउनु भएको छ ।
निवेदन फारम भर्ने अवधि : २०७६/११/१०–२०७६/१२/१०
निवेदन फारम पठाउने ठेगाना : किरात मुन्दुम अध्ययन केन्द्र
छात्रवृत्ति छनोट समिति
ललितपुर–१४, तिखिदेवल, नेपाल
इमेल : kmundum2075@gmail.com
विशेष जानकारी :
– निवेदन फारम kmundum.blogspot.com बाट डाउनलोड गर्न सकिने छ ।
– तोकिएको समयसीमाभित्र निवेदनसहित प्राप्त भएका शोधपत्र तथा शोध प्रस्तावबाट उत्कृष्ट दुईलाई छनोट गरी एक कार्यक्रमकाबीच छात्रवृत्ति प्रदान गरिने छ । कार्यक्रमको मिति अर्को सूचना मार्फत जानकारी गराइने छ ।
– छात्रवृत्तिका विषयमा विवाद उत्पन्न भएमा अध्ययन केन्द्रको निर्णय अन्तिम मान्य हुनेछ ।
– शोधपत्र तथा शोध प्रस्तावको डिजिटल कपीसमेत इमेल गर्नुपर्ने छ ।