मेचे स्वायत्त क्षेत्र समिति गठन, संयाेजकमा पवनलाल – Satabdi News

मेचे स्वायत्त क्षेत्र समिति गठन, संयाेजकमा पवनलाल

काकडभिट्टा । समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति अन्तर्गत मेचे स्वायत्त क्षेत्र तदर्थ समिति गठन भएको छ ।

बुधबार काकडभिट्टामा भएकाे एक भेलाले पवनलाल मेचेकाे संयाेजकत्वमा मेचे स्वायत्त क्षेत्र तदर्थ समिति गठन भएकाे हाे । त्यस्तै समितिकाे सदस्यहरुमा देबेन मेचे, बलमन मेचे, राजेस मेचे, कविता मेचे, सन्चमाया मेचे, हेदुल मेचे, राजन मेचे लगायत रहेका छन् । कार्यक्रम समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमकाे प्रमुख अातिथ्यता रहेकाे थियाे । त्यस्तै अतिथिहरुमा केन्द्रिय सदस्य तथा धिमाल स्वायत्त क्षेत्र समितिका अध्यक्ष बाङ्गाई धिमाल, केन्द्रिय सदस्य धन प्रसाद गुरुङ, प्रदेश १ का सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका नेताद्वय सर्मिला आङदेम्बे र अग्निमाया मेचे, केन्द्रिय परिषद सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका सदस्य कालीबहादुर खेवाङ लगायतकाे उपस्थिति रहेकाे थियाे । देबेन मेचेकाे अध्यक्षतामा भएकाे कार्यक्रम अग्निमाया मेचेले सन्चालन गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मेचे स्वायत्त क्षेत्र समिति गठन, संयाेजकमा पवनलाल" A few seconds ago

सम्बन्धित खवर