कन्काई क्याम्पसमा सांसद हिरा कुमार थापा माथि आक्रमण – Satabdi News

कन्काई क्याम्पसमा सांसद हिरा कुमार थापा माथि आक्रमण

१३ पौष झापा । झापा क्षेत्र नम्बर ४ ‘ख’ का प्रदेससभा सदस्य सांसद हिरा कुमार थापा माथि आक्रमण भएको छ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष रहेका थापा माथि गएराती साँझ ८ बजे क्याम्पस हाता भित्र आक्रमण भएको हो । सो आक्रमण हिजो कनकाई बहुमुखी क्याम्पसको क्याम्पससभा भएको थियो।

हिजोको सो सभाले प्रकाश चुडालको नेतृत्वमा रहेको क्याम्पस संञ्चालक समिती अबैधानिक भएको निर्णय गरेपछि थामामाथि आक्रमण गरेको बताईएको छ ।

कनकाई बहुमुखी क्याम्पसमा केही महिनादेखि प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई निकालेपछि विवाद सुरु भएको थियो ।

झापाका प्रमुख जिल्ला अधिकारीको रोहबरमा पौष १२ गते क्याम्पस सभाले सबै समस्याको समाधान गर्ने सहमति गरेपछि विवाद मिलेको थियो । तर क्याम्पसमै सभाअध्यक्ष माथि हातपात र माइन्युट खोसिएपछि क्याम्पसको समस्या थप जटिल बनेको छ ।

सभासद थापा माथि भएको आक्रमण र माइन्युट लुट्ने क्रियाकलापको नेकपा नगर समितीले निन्दा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कन्काई क्याम्पसमा सांसद हिरा कुमार थापा माथि आक..." A few seconds ago

सम्बन्धित खवर