जनता बहुमुखी क्याम्पस इटहरीका पाच विद्यार्थी नेता पक्राऊ – Satabdi News

जनता बहुमुखी क्याम्पस इटहरीका पाच विद्यार्थी नेता पक्राऊ

२२ मङ्सिर, इटहरी । जनता बहुमुखी क्याम्पसका पाँच विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसको पठन पाठन विग्रिने गरी महोत्स्सब सत्र्चालन गरेको भन्दै विरोध जनाए थिए । विद्यार्थी नेताहरू सहदेव काफ्ले, किरण विषट, सागर धमला, संगित सन्तोष र प्रविण दाहाल लाइ प्रहरीले नयन्त्रणमा लिएको हो ।

यस अघि विद्यार्थी सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै उक्त विषयमा खेद प्रकट गरेका थिए । ‘क्याम्पस हातामा रहेको खेल मैदान विद्यार्थीहरूले प्रयोग गर्न पाउनु हाम्रो अधिकार हो र विद्यार्थीको हक-हितका निम्ती बिद्यार्थी संगठन एक जुट भएको विज्ञप्तिमा उल्लेख छ ।

यो घटनाको सम्पूर्ण जिम्मा क्याम्पस प्रसासनले नै जिम्मेवारी लिनु पर्ने विद्यार्थीहरुको माग छन् । इटहरीका नागरिक समाजका व्यक्तिहरू र इसाइ समाज प्रदेश १ का महासचिव महेरमान योज गिरी आएकोले खेल मैदान दिएको क्याम्पस प्रमुख भोजराज श्रेष्ठले बताउनु भएको छ । यता महासचिव महेरमान योज गिरीले सम्पूर्ण विद्यार्थी सङ्गठनहरूलाई नै सोधेर नै कार्यक्रम गरेको बताएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राई , विशिष्ट अतिथिहरूमा प्रदेश संसद सर्वध्वज साँवा, निलम बस्नेत लगायतका समाजसेबी हरुको उपस्थीती रहेको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक मानबहादुर श्रेष्ठले मुख्यमन्त्री आउने कार्यक्रम अवरुद्ध पार्न खोजेको भन्दै नियन्त्रणमा लिएको र छलफल गराएर छाडिदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनता बहुमुखी क्याम्पस इटहरीका पाच विद्यार्थी ने..." A few seconds ago

सम्बन्धित खवर