नेपाल नर्सिङ संघको निर्वाचन पुस ९ गते सम्पन्न हुदै – Satabdi News

नेपाल नर्सिङ संघको निर्वाचन पुस ९ गते सम्पन्न हुदै

१८ मंसिर काठमाडौँ । नेपाल नर्सिङ संघमा अघिल्लो निर्वाचनको बेला भन्दा यसपटक मतदाताको संख्या झण्डै दोब्बरले बढेको छ । नयाँ नेतृत्वको लागि आगामी ९ पुसमा हुन लागेको संघको निर्वाचनका लागि १५ हजार १५९ जना मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत लक्ष्मी राईले बताइन । अघिल्लो पटकको निर्वाचनमा भने यो संख्या ८ हजारको हाराहारीमा रहेको बताइएको छ ।

संघकी उपाध्यक्ष अप्सरा पाण्डे भन्छिन्, ‘हाम्रो कार्यकालमा निकै गतिविधि भए, त्यसले सदस्यता बन्नुपर्छ भन्ने भावनाको विकास भयो । र धेरै साथीहरु संघमा आवद्ध हुनुभयो ।’

उनले यहि कार्याकालमा नर्सिङ आन्दोलन, पेशागत हकहीत, सुरक्षा, भोलेन्टियर हटाउने, स्वास्थ्यको नयाँ संरचनामा नर्सिङ समूहलाई उपेक्षित गरिएकोमा आन्दोलन गर्ने, चिकित्सा शिक्षा आयोगमा नर्सिङ प्रतिनिधि राख्नका लागि गरिएको अभियानका कारण संगठन विस्तार हुँदै गएको बताइन ।

त्यसो त नेपाल नर्सिङ परिषदमा दर्ता हुनेको संख्या अनमी नर्स र विदेशी नर्स सहित गर्दा ९० हजार माथि छ ।

आगामी निर्वाचनका लागि मनकुमारी राई र मुना राना नेतृत्वको दुईवटा समूहको उम्मेद्धारी दर्ता भएको छ ।। नेपाल नर्सिङ संघमा अघिल्लो निर्वाचनका बेला भन्दा यसपटक मतदाताको संख्या झण्डै दोब्बरले बढेको छ । नयाँ नेतृत्वको लागि आगामी ९ पुसमा हुन लागेको संघको निर्वाचनका लागि १५ हजार १५९ जना मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत लक्ष्मी राईले बताइन । अघिल्लो पटकको निर्वाचनमा भने यो संख्या ८ हजारको हाराहारीमा रहेको बताइएको छ ।

संघकी उपाध्यक्ष अप्सरा पाण्डे भन्छिन्, ‘हाम्रो कार्यकालमा निकै गतिविधि भए, त्यसले सदस्यता बन्नुपर्छ भन्ने भावनाको विकास भयो । र धेरै साथीहरु संघमा आवद्ध हुनुभयो ।’

उनले यहि कार्याकालमा नर्सिङ आन्दोलन, पेशागत हकहीत, सुरक्षा, भोलेन्टियर हटाउने, स्वास्थ्यको नयाँ संरचनामा नर्सिङ समूहलाई उपेक्षित गरिएकोमा आन्दोलन गर्ने, चिकित्सा शिक्षा आयोगमा नर्सिङ प्रतिनिधि राख्नका लागि गरिएको अभियानका कारण संगठन विस्तार हुँदै गएको बताइन ।

त्यसो त नेपाल नर्सिङ परिषदमा दर्ता हुनेको संख्या अनमी नर्स र विदेशी नर्स सहित गर्दा ९० हजार माथि छ ।

आगामी निर्वाचनका लागि मनकुमारी राई र मुना राना नेतृत्वको दुईवटा समूहको उम्मेद्धारी दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल नर्सिङ संघको निर्वाचन पुस ९ गते सम्पन्न हुदै" A few seconds ago

सम्बन्धित खवर