सलकपुरकी २१ बर्षिया रोजिनाको हत्या कि आत्महत्या ?

असोज ०४, सुन्दरहरैँचा । सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रोजीना गिरीको आत्महत्या नभई हतय भएको आफन्तले आरोप लाएका छन् । सोमबार उर्लाबारीबाट किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय बेलबारी आएका उनका आफन्तले सो दाबी गरेका हुन । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले

संखुवासभा हत्या प्रकरणः आरोपी लोकबहादुरका भाइ नरेश पनि प्रहरी निनयन्त्रणमा

३१ भाद्र्, मादी । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती

कार दुर्घटनामा बेलबारीकी एक महिलाको निधन

भाद्र ३१, बेलबारी । ​​​​​​​मोरङको बेलबारी नगरपालिका निवासी एक व्यक्तिको बिहीबार कार दुर्घटनामा परेर मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा दुर्घटना भएर बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ

शिक्षकको घाँटी रेटी हत्या गर्ने महिला पक्राउ

३१ भाद्र, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न भन्दै प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनको हत्या उनकै छिमेकी २५ वर्षीय मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । मुनाले धारिलो हतियार प्रयोग गरेर शिक्षकको हत्या गरेकी दैलेख प्रहरीका

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने पक्राउ

३० भाद्र, वीरगञ्ज । अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४ बर्वाटाडीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिइरहेको बेला पर्सागढी–८ निवासी राजकुमार दासलाई पक्राउ गरिएको हो । दासले सन्दीप दास थारुको नाममा कक्षा

टिकटक बनाउने क्रममा सेती नदिमा खस्दा नवविवाहित युवती बेपत्ता

३० भाद्र, काठमाडौं । तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छिन् । मंगलबार दिउँसो दुई साथीहरूसँग घुम्न शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित रहेको सेती नदीको रक गार्डेन पुगेकी १९ वर्षीया पवित्रा लम्साल टिकटक बनाउने क्रममा नदीमा खसेर बेपत्ता भएकी हुन् । टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की

इटहरीबाट एक भारतीय सहित दुई युवा लागूऔषधसहित पक्राउ

३० भाद्र, इटहरी । सुनसरीको इटहरी–४ मिलन चोकबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेमा झापाको गौरीजंग गाउँपालिका–२ का २७ वर्षीय आइतबारी हस्दा र बिहारको किसनजंग थाना दिलगबैंक ग्राम पञ्चायन १ का २२ वर्षीय सुरज साह रहेका छन् । प्रहरीले सवारीसाधन तथा

अश्लील भिडियो हेर्ने क्रममा पुरुषद्धारा पुरुष बलात्कृत

२९ भाद्र, काठमाडौ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा–२, सरस्वती टोलमा एक पुरुषले अर्का पुरुषमाथि बलात्कार गरेको आरोप लागेको छ । शनिबार साँझ स्थानीय ३४ वर्षीय युुवाले छिमेकीको बारिमा गाउँकै ३२ वर्षीय एक पुरुषको गुदद्वारमा जबर्जस्ती करणी गरेको आरोप लागेको हो । उजुरीपछि प्रहरीले आरोपीलाई पक्राउ गरी बयान लिएको छ

भेडेटार नजिकै मालबाँसेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

२८ भाद्र, धरान । धनकुटाको सागुरीगढी गाउँपालिका–६ मालबाँसेमा मोटरसाइकल र बसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका सङ्खुवासभाबाट धरान तर्फ आउँदै गरेको को १ ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको को १९ प ९४२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना भएको हो

इटहरीको एक वडाध्यक्षलाई फोन गरेर धम्की दिदै २० लाख माग्ने पक्राउ

२८ भाद्र,  इटहरी । इटहरी उपमहानगरपालिका वडा– १९ का वडा अध्यक्ष नारायण चौधरीलाई फोन गरेर धम्की दिदै २० लाख माग्ने व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमक झापाको सहयोगमा वडाध्यक्ष चौधरीलाई फोन गरी गालीगलौज धम्की दिई नगद २० लाख रुपैयाँ मागी मागी फरार रहेका झापा दमक नगरपालिका १ बस्ने