रुँदै बार्सिलोनाबाट बिदा भए मेस्सी – Satabdi News

रुँदै बार्सिलोनाबाट बिदा भए मेस्सी

२४ साउन २०७८, आइतबार। लियोनल मेस्सी भावुक भएर ‍बार्सिलोनाबाट बिदा भएका छन् । आइतबार बार्सिलोना कप्तान तथा फरवार्ड मेस्सी पत्रकार सम्मेलनमै भावुक भएका थिए ।

बिदा हुँदै गर्दा उनले आफ्नो चाहना  क्लब छाड्न नरहेकोसमेत प्रस्ट पारे । अब बार्सिलोनामा मेस्सीको एक युग समाप्त भएको छ ।

अब मेस्सी र बार्सिलोनाबीच केवल केही प्राविधिक पक्ष मात्र बाँकी छ । यसबाहेक बार्सिलोना र मेस्सीबीचको सम्बन्ध सधैँका लागि टुटेको छ । बार्सिलोनाका अध्यक्ष लापोर्टाले अघिल्लो कार्यसमितिको केही गल्तीका कारण नै मेस्सीलाई क्लबमा राख्न नसकेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रुँदै बार्सिलोनाबाट बिदा भए मेस्सी" A few seconds ago

सम्बन्धित खवर