२४ घन्टामा नौ सय संक्रमित देखिए, ८१ बालबालिका:दैनिक बालबालिकामा संक्रमण बढ्दै – Satabdi News

२४ घन्टामा नौ सय संक्रमित देखिए, ८१ बालबालिका:दैनिक बालबालिकामा संक्रमण बढ्दै

४ वैशाख २०७८, शनिबार ।  पछिल्लो २४ घन्टामा नौ सयजनामा कोरोना संक्रमित पुष्टि भएको छ । उनीहरूमध्ये ८१ जना विद्यालय उमेर समूह (१९ वर्षमुनिका)का बालबालिका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ६ हजार एक सय ५८ नमुना परीक्षण गर्दा नौ सय संक्रमित फेला परेका हुन् ।

उनीहरूमध्ये भारतीय नाका हुँदै नेपाल प्रवेश गरेका ६४ जनामा एन्टिजेन पजिटिभ देखिएको हो । यससँगै सक्रिय संक्रमितको संख्या पाँच हजार आठ पुगेको छ । नेपालमा नयाँ भेरियन्ट देखिन थालेपछि शैक्षिक संस्था कोरोनाको ‘हट स्पट’ बन्दै गएका छन् ।

दैनिक बालबालिकामा संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार पुष्टि भएका संक्रमितमा नौ वर्षमुनिका १५ जना, १० देखि १९ वर्षका ६६ र २० देखि २९ वर्ष समूहका दुई सय पाँचजना छन् । त्यस्तै, ३० देखि ३९ वर्षका एक सय ९३, ४० देखि ४९ सम्मका एक सय ६७ जना छन् । ५० देखि ५९ वर्षका ९८ जना, ६० देखि ६९ वर्षका ४४, ७० देखि ७९ वर्षका ३५, ८० देखि ८९ वर्षका नौ, ९० देखि सय वर्षका दुई र उमेर नखुलेका दुईजना छन् ।

सबैभन्दा बढी काठमाडौंमा दुई सय ८६ जनामा संक्रमण देखिएको छ । त्यस्तै, बाँकेमा एक सय ३३, कास्कीमा ४६, ललितपुरमा ४३, रुपन्देहीमा ४३, कैलालीमा ३९, पर्सामा ३०, चितवनमा २२ र दाङमा २१ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा दुई सय आठजना निको भएर घर फर्किएका छन् । यस अवधिमा चारजनाको निधन भएको छ । संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार ७० पुगेको छ । नेपालमा १.०९ प्रतिशत मृत्युदर रहेको छ ।

अहिलेसम्म २३ लाख ३५ हजार ८४ जनाले आरटी–पिसिआर परीक्षण गरेका छन् । जसमा दुई लाख ८२ हजार आठ सय ९० जनामा संक्रमण देखिएको छ । तीमध्ये दुई लाख ७४ हजार आठ सय १२ जना निको भएर घर फर्किसकेका छन् । सक्रिय संक्रमितमध्ये चार हजार पाँच सय एकजना घरमै बसिरहेका छन् भने पाँच सय सातजना अस्पतालमा उपचाररत छन् । सयजनाको आइसियू र ३८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "२४ घन्टामा नौ सय संक्रमित देखिए, ८१ बालबालिका:द..." A few seconds ago

सम्बन्धित खवर