फागुन २२ – सम्बाददाता झिल खिम्बुले। वान्तावाको एक पाछा किरात खिम्बुले राईहरुको केन्द्रिय अधिवेशन यहि चैतमा हुने भएको छ।
भोजपुरको अरुण गाउपालिका वडा नम्वर ४ र्याङ्ग मा अधिवेशन हुन लागेको सस्थाका केन्द्रिय अध्यक्ष निल कुमार खिम्बुले राईले वताएका छन् ।
२०७७ चैत्र १,२ र ३ गते सस्थाको चौथो अधिवेशन गर्न लागेको अध्यक्ष राईले वताएका छन् । सस्थाको केन्दृय कार्यलय अरुण ४ र्याङ्ग मा नै भएको र पहिलो सम्मेलन समेत सोही ठाउमा गरिएको थियो। त्यस्तै दोस्रो सम्मेलन खिम्बुले राईहरुको सघनबसोबास भएको स्थान खादबारी नगरपालिका माल्टामा र तेस्रो सम्मेलन र्याङ्गमै गरिएको थियो।
आफ्नो समुदायको भाषा संस्कार संस्कृति रितिथिति र पहिचानको संरक्षणार्थ स्थापित सस्थाले खिम्बुले राई पाछाको वङ्शावली पहिलो र दोस्रो संस्करण समेत प्रकाशित गरिसकेको छ।
सस्थापक अध्यक्ष स्व पदम बहादुर खिम्बुले राईको अगुवाईमा केन्द्रिय कार्यलयको स्थापना भएको थियो भने वङ्शावली खोज तथा अन्वेषणमा जगत खिम्बुले राई धन खिम्बुले राई सहितका बौद्धिक ब्यक्तिब्यक्तित्वहरुको योगदान रहेको थियो।
आफ्नो पाछा वङ्शका ऐतिहासिक बिकासक्रमका आधारमा किरात खिम्बुले राईहरुले आफुहरु त्यो ठाउँको प्राचीन जाती समुदाय भएको जिकिर गर्दै आएको छ। हाल सम्म खिम्बुले राईहरुको १३ पुस्ताले उक्त ठाउमा पुस्तान्त्रण गरिसकेको छ ।
जहाँ खिम्बुले राईहरुको बसोबास छ उक्त ठाउलाई तत्कालीन समय मा माझ किरात को पहिचान ले चिनिने गरिन्थ्यो तर पछि राज्यको बिभेदकारी प्रशासनिक निति ले उक्त नाम सहित किरात राई समुदायहरुको भाषा सस्कार सस्कृती रहनसहन भेषभुषा मुल्यमान्यता लाई नामेट पारिएको थियो।
अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र देश बिदेशमा छरिएर रहेका वङ्शजहरुलाई पत्र मार्फत जानकारी समेत गराई सकेको अध्यक्ष राईले वताए।
अधिवेशन बाट फरकमतहरु लाई सम्बोधन गर्दै आफ्नो जाती समुदायको पहिचान प्राप्तीको संघर्षमा कुशलता पुर्वक नेतृत्व गर्ने ब्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने उनले वताए।