बिश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख भन्दा बढी – Satabdi News

बिश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख भन्दा बढी

असोज ३०, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ९१ लाख ८२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ११ लाख ३ हजार ५६ पुगेको छ । हालसम्म २ करोड ९३ लाख ८१ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ लाख १६ हजार ३१५ पुगेको छ । यहाँ हालसम्म २ लाख २२ हजार ७१७ हजार जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म ७३ लाख ७० हजार ४६८ संक्रमित हुँदा १ लाख १२ हजार १६१ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५१ लाख ७० हजार ९९६ जना संक्रमित हुँदा १ लाख ५२ हजार ५१३ जनाको मृत्यु भएको छ । रुसमा १३ लाख ५४ हजार १६३ संक्रमित हुँदा २३ हजार ४९१ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ९ लाख ७२ हजार ९६८ पुगेको छ भने ३३ हजार ५५३ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनामा ९ लाख ४९ हजार ६३ संक्रमित हुँदा २५ हजार ३४२ जनाको मृत्यु भएको छ । कोलम्बियामा ९ लाख ३६ हजार ९८२ संक्रमित हुँदा २८ हजार ४५७ जनाको मृत्य भएको छ । पेरुमा ८ लाख ५९ हजार ७४० जना संक्रमित हुँदा ३३ हजार ५७७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ८ लाख ३४ हजार ९१० जना संक्रमित हुँदा ८५ हजार २८५ को मृत्यु भएको छ ।

फ्रान्समा ८ लाख ९ हजार ६८४ संक्रमित हुँदा ३३ हजार १२५ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ९८ हजार १८४ जना संक्रमित हुँदा १८ हजार ३०९ जनाको मृत्यु भएको छ । यता, बेलायतमा हालसम्म ६ लाख ७३ हजार ६२२ जना संक्रमित रहेका छन् ४३ हजार २९३ जनाको मृत्यु भएको छ । इरानमा ५ लाख १७ हजार ८३५ जना संक्रमित हँदा २९ हजार ६०५ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ८६ हजार ४९६ जना संक्रमित हुँदा १३ हजार ४३४ को मृत्यु भएको छ ।

बंगलादेशमा हालसम्म ३ लाख ८४ हजार ५५९ जना संक्रमित हुँदा ५ हजार ६०८ को मृत्यु भएको छ । इटलीमा ३ लाख ८१ हजार ६०२ जना संक्रमित हुँदा ३६ हजार ३७२ जनाको मृत्यु भएको छ । जर्मनीमा ३ लाख ४८ हजार ८१६ जना संक्रमित हुँदा ९ हजार ८१० जनाको मृत्यु भएको छ । साउदी अरबमा ३ लाख ४१ हजार ६२ हजार संक्रमित हुँदा ५ हजार १२७ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख २१ हजार ८७७ संक्रमित हुँदा ६ हजार ६२१ जनाको ज्यान गएको छ ।

नेपालमा भने अहिलेसम्म १ लाख २१ हजार ७४५ जना संक्रमति फेला पर्दा ८४ हजार ५१८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ६९४ जनाको भने मृत्यु भएको छ । जापानमा ९० हजार ७१० जना संक्रमित हुँदा १ हजार ६४६ जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ६४६ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बिश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख भ..." A few seconds ago

सम्बन्धित खवर