शिव शक्ति युवा क्लबको सहकार्यमा महोत्तरी युवा संजालद्वारा राष्ट्रिय बाल दिवस मनाईयो ! – Satabdi News

शिव शक्ति युवा क्लबको सहकार्यमा महोत्तरी युवा संजालद्वारा राष्ट्रिय बाल दिवस मनाईयो !

राजु कुमार महतो

भाद्र २९, महोत्तरी । प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको रूपमा बिभिन्न्न कार्यक्रम गरि मनाइन्छ । तर यस वर्ष कोरोना कहरको बिच बाल दिवस मनाउनु परेको छ । नेपाल सरकारले लिएको नारा “बिपतमा बाल अधिकार को सुनिसचितता हामी सबैको साझा प्रतिवद्धता” अनुरुप महोत्तरी युवा संजालले पनि बिभिन्न कार्यक्रम गरि बाल दिवस मनाएको छ ।

पहिलो कार्यक्रमको रुपमा “कोरोनाले बालबालिकामा परेको प्रभाव” शिर्षकमा अनलाईन बक्तित्वकला प्रतियोगिता आयोजना गरेको थियो । सो कार्यक्रमको संयोजक संजालका कोषाध्यक्ष रविन्द्र महतो र रुपान्तरण नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

दोश्रो कार्यक्रम संजालको अध्यक्ष चुडामणि रबिन्द्र यादवको अगुवाइ र श्री सरस्वती बाल क्लब सोनौलको सहयोगमा “बिपतमा बाल संरक्षण बिषयमा अन्तरकृया गरेको छ । उक्त कार्यक्रममा समाजिक दुरिको सिद्धन्तलाई आत्मसाथ गर्दै जम्मा २० जना बालबालिकालाई मात्रै सहभागी गराएको थियो । कार्यक्रममा बन्दाबन्दिले गर्दा बालबालिकामा पर्न गएको समस्या र ती समस्याको समाधानका उपायहरुमा छलफल गरिएको थियो ।

त्यस्तै तेश्रो कार्यक्रमको रुपमा “बाल संरक्षण सम्बन्धि नारा” हरु मनरा सिस्वा नगरपालिका को सोनौल, सरपल्लोमा जम्मा ५०० प्रति बाडिएको र चेतना फैलाउने उद्देश्यले सार्वजनिक स्थानमा टासेर राष्ट्रिय बाल दिवस मनाएको जानकारी संजालको सचिव राजु महतोले जनकारी गराउनु भएको छ ।
साथै यी तिनवटै कार्यक्रम महोत्तरी युवा संजाल, श्री शिव शक्ति युवा क्लब सरपल्लो, रुपान्तरण नेपाल र श्री सरस्वती बाल क्लबले संयुक्त रुपमा समापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "शिव शक्ति युवा क्लबको सहकार्यमा महोत्तरी युवा स..." A few seconds ago

सम्बन्धित खवर