प्रदेश नं २ को मुख्यमन्त्री राउत; स्वाब परिक्षणलाई तीब्रता दिनु पर्ने – Satabdi News

प्रदेश नं २ को मुख्यमन्त्री राउत; स्वाब परिक्षणलाई तीब्रता दिनु पर्ने

बैशाख २, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको परीक्षणलाई तीब्रता आउन नसकेको कुरालाई स्वीकार गर्दै स्वाब परीक्षणलाई तीब्रता दिनुपर्ने बताएका छन् ।

मंगलबार मुख्यमन्त्री निवासमा सम्पन्न प्रतिपक्षी दलका नेता सहितको निर्देशक समितिको बैठक पश्चात स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पदाधिकारीलाई स्वाब परीक्षणलाई तीब्रता दिन निर्देशन दिएका छ्न । ‘स्वाब तिब्र रुपमा परीक्षण नभइरहेको गुनासो चारैतिरबाट आइरहेको छ,’ मुख्यमन्त्री राउतले भने, “यो काममा तदारुकता दिन सामाजिक विकास मन्त्रालयलाई जरुरी छ । मुख्यमन्त्री राउतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रकमको कुनै आभाव हुन नदिने प्रतिबद्धता जनाउँदै कार्यान्वयनको पाटोमा कुनै पनि ढिला सुस्ती सुन्न नचाहेको बताएका छ ।

अहिले खुला सीमानाका कारण प्रदेशमा कोरोनाको त्रास बढेको हुँदा सीमा नाकामा थप कडाई गर्न सुरक्षा निकायका अधिकारीलाई ध्यान दिनुपर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश नं २ को मुख्यमन्त्री राउत; स्वाब परिक्षण..." A few seconds ago

सम्बन्धित खवर