सनसिटीबाट लगिएको २ ब्यक्तिममा कोरोना पुष्टि, १ रिपोर्ट आउन बाकी – Satabdi News

सनसिटीबाट लगिएको २ ब्यक्तिममा कोरोना पुष्टि, १ रिपोर्ट आउन बाकी

वैशाख २, काठमाडौं । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन अझै बाँकी छ ।

उनीहरु २८ दिन अघि बेलायतबाट फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिए पछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सनसिटीबाट लगिएको २ ब्यक्तिममा कोरोना पुष्टि, १ ..." A few seconds ago

सम्बन्धित खवर