रौतहट र कैलालीमा २ जना कोरोना संक्रमित संगै नेपालमा १४ पुग्यो – Satabdi News

रौतहट र कैलालीमा २ जना कोरोना संक्रमित संगै नेपालमा १४ पुग्यो

बैशाख १, काठमाण्डौ ।  नेपालमा कोरोना भाईरस महामारीको रोग दिनप्रतिदिन फैलिंदो रहेको अबस्था छ । आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।  पुष्टि भएका दुवैलाई अस्पताल ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा पाँच जना, नारायणी अस्पताल वीरगन्जमा तीनजना तथा शुक्रराज ट्रपिकसल तथा सरुवा रोग अस्पताल टेकु र बाग्लुङमा दुई दुई जनाको उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रौतहट र कैलालीमा २ जना कोरोना संक्रमित संगै नेप..." A few seconds ago

सम्बन्धित खवर