बेलबारीले गठन गर्यो कोरोना रोग रोकथाम तथा नियन्त्रण नगर समन्य समिति – Satabdi News

बेलबारीले गठन गर्यो कोरोना रोग रोकथाम तथा नियन्त्रण नगर समन्य समिति

बेलबारीे । बेलबारी नगरपालिकाले नोवोल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्य समिति गठन गरेको छ । सोमवार बेलबारी नगरपालिकाले वोलाएको सर्वदलिय बैठकले नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा नगर उप प्रमुख ढाका कुमारी पराजुलि नेकपा नगर अध्यक्ष पर्शुराम सुवेदी, नेपालि काग्रेश नगर सभापति शम्भु भट्राई,  समाजवादी नगर अध्यक्ष तिलक राई, र राजपा नगर अध्यक्ष भरत चौधरी , बेलबारी नगरपालिका प्रबत्ता योगेन्द्र सुवेदी रहेका छन् भने समितिको सदस्य सचिवमा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहा रहेका छन् । यसैगरी सर्वदलिय बैठकले राहत वितरण गर्दा एकद्धार प्रणलि वाट गर्ने समेत निर्णय गरेको छ । सर्वदलि वैकमा नगर प्रमुख सुवेदीले अहिले सम्म नगरपालिकाले कोरोना रोग रोकथामका लागि गरेको कामहरुका वारेमा दलहअरुलाई जानकारी गराएका थिए ।

प्रदेश एकमै पहिलो पटक १५ वेडको.आइसोलेसन तयार पारेको नगरपालिकाले विभिन्न देशमा कर्मथलो बनाएका नगरवासिहरुको तथ्याक सकलन तथा तिनिहरुको अबस्था बुझन दैनिक स्वास्थय कर्मी पठाउने गरेको मेयर सुवेदीले सर्वदलिय वैठकमा जानकारी गराएका थिए । उनले बेलबारीका सरकरी निजि स्वास्थ्य सस्था तथा स्वास्थ्य कर्मीहरुले २४ घन्टानै सेवा दिइरहेको बताए । उनले कोरोना भाइरस रोग रोकथामका लागि खट्न यस अघिनै जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिइसेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीले गठन गर्यो कोरोना रोग रोकथाम तथा नियन्..." A few seconds ago

सम्बन्धित खवर