संघीयता मजवुद भएमात्र सबै जातजातिकाे अधिकार सुनिश्चित हुने:- मुख्यमन्त्री शेरधन राई – Satabdi News

संघीयता मजवुद भएमात्र सबै जातजातिकाे अधिकार सुनिश्चित हुने:- मुख्यमन्त्री शेरधन राई

१७ फागुन, बेलबारी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संघीय व्यवस्था मजवुद भए मात्र सबै जातजाति हरुकाे अधिकार सुनिश्चित हुने बताउनु भएकाे छ ।

माेरङकाे बेलबारीमा शुरु आदिबासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सवलाई सम्बाेधन गर्दै उहाँले साे कुरा बताउनु भएकाे हाे । उहाँले असमानता र विभेदका केहि अंशहरु रहेकाे र त्यसलाई समेत निर्मुल पार्न विभिन्न आयाेगहरु गठन गरिएकाे बताउनु भयाे ।

२ वर्षमा अत्यावश्यक कानुन निर्माण गरिएकाे र अबका दिनहरु समृद्धि र विकासहरु देखिने उहाँले बताउनु भयाे । नेपाल आदिवासी जनजाति महासंघ बेलबारी नगर समन्वय समितिको आयोजनामा अाजबाट शुरु भई २४ गते महोत्सव सम्पन्न हुनेछ ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी महोत्सवमा आदिवासी जनजातिका बिभिन्न संस्कार, संस्कृति र मौलिक खानपिन भेषभुषा, संस्कार र संस्कृतिको प्रर्दशनी गरिने आयोजक समितिका अध्यक्ष तिलकप्रसाद राईले बताउनुभयाे ।

महाेत्सवबाट २० लाख रुपैयाँ अाम्दानी हुने अायाेजक समितिले जनाएकाे छ । समितिमा बेलबारीमा १६ वटा आदिबासी जनजाति समुदायहरु आबद्ध रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संघीयता मजवुद भएमात्र सबै जातजातिकाे अधिकार सुन..." A few seconds ago

सम्बन्धित खवर