डेनमार्क भम्रण र अनुभव आदानप्रदान गर्दै विद्यार्थी नेता अशोक राई – Satabdi News

डेनमार्क भम्रण र अनुभव आदानप्रदान गर्दै विद्यार्थी नेता अशोक राई

पुस २, काठमाडौ । समाजबादी विद्यार्थी युनियन जनप्रशासन क्याम्पस इकाई कार्यसमिती द्दारा आयोजित ” डेनमार्क भम्रण र अनुभव आदानप्रदान” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थी संगठनको केन्द्रीय सदस्य तथा समाजबादी विद्यार्थी फोरम प्रदेश नं ३ को अध्यक्ष अशोक राईले डेनमार्क भम्रणमा सिकेको ज्ञान र बिकसित डेनमार्क देशले अंगालिएको सोच, बिचार र प्रणालीबारे कार्यक्रममा राखेको थिए ।

राई भन्नु हुन्छ, डेनमार्क भ्रमण गर्नु मात्र कुनै ठुलो कुरा थिएनन्, ठुलो र महत्त्वपूर्ण कुरा त थियो, विकसित डेनमार्कको संस्कार, सोच र नियम आदिले कसरी बिकसित भयो भन्ने कुरा सिक्नु, जान्नु पाउनु चाहि महत्त्वपूर्ण कुरा थियो । डेनमार्क जस्तो नेपाल त बनाउन मिल्दैन, र बनाउन हुदैन पनि । तर डेनमार्क जस्तो भष्टचार रहित मुलुक, संस्कारयुक्त समाज निर्माण गर्न हामीले पनि नेपाली माटो अनुसार कसरी बिकसित गर्न सकिन्छ भनेर विद्यार्थीहरु माझ आफ्नो बिचार राख्नु भएको थियो ।

समाज परिवर्तन गर्ने र देश हाक्ने युवा शक्ति भनेको नै आजको विद्यार्थीहरु हुन । विद्यार्थीहरुलाई सहि बाटोमा हिड्न सिकायौं र सहि संस्कार दिन सक्यौं भने मात्र भोली राम्रो नेतृत्व गर्न सक्छ भनेर नै विद्यार्थीहरु माझ भम्रणमा सिकेको अनुभव र ज्ञान दिनु नै कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो । उक्त भम्रण कार्यक्रम कुनै बिषयमा गरिएको अनुसन्धान नभए पनि, डेनमार्क नगएको विद्यार्थीहरुलाई सामान्य रुपमा भए पनि डेनमार्कको सरल जीबनप्रणाली, राजनीतिक क्षेत्रमा विद्यार्थी युवाको सहभागीता र राष्ट्रको मुल मुद्दामा मेरो पार्टी, तेरो पार्टी नभनी हरेक पार्टीहरुसंग सहकार्य गरेर कसरी राष्ट्रको मुद्दाहरुलाई समाधान गर्न सकिन्छ भनेर सिकेको कुरा सिकाउनु नै कार्यक्रम प्रमुख उद्देश रहेको राईले बताउनु भयो ।

उक्त कार्यक्रममा समाजबादी विद्यार्थी युनियन जनप्रशासन क्याम्पस इकाई कार्यसमितिको अध्यक्ष श्री पुजा शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले डेनमार्कको सामान्य बस्तुस्थितिको बारेमा बुझ्न पाएकोमा सबैले कार्यक्रमको प्रंशसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "डेनमार्क भम्रण र अनुभव आदानप्रदान गर्दै विद्यार..." A few seconds ago

सम्बन्धित खवर