फाल्गुनन्दको १३५ औं जन्मजयन्ती, विविध कार्यक्रम आयोजना गरि मनाइयो – Satabdi News

फाल्गुनन्दको १३५ औं जन्मजयन्ती, विविध कार्यक्रम आयोजना गरि मनाइयो

माङसेबुङ । राष्ट्रिय विभूति, किरात धर्म दर्शन दाता, समाज सुधारक महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्ती कार्यक्रम भव्य रुपमा मनाइएको छ ।
इलामको माङसेबुङ गाउँपालिका वडा नं ३ भञ्ज्याङमा अवस्थित फाल्गुनन्द प्रतिमामा सोमबार भव्य कार्यक्रमको आयाजिना गरि मनाइएको हो । कार्यक्रमका बक्ताहरुले महागुरु फाल्गुनन्दको दर्शनलाई विश्वमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन् । माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मभूमि समेत रहेको माङसेबुङ समृद्ध भए देशनै समृद्ध हुने बताउनुभयो । कार्यक्रममा अतिथिहरु किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सदस्यहरु पूर्ण बहादुर कार्कीढोली, मदन इङनाम, देउकुमार आङदेम्बे, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष दुधबहादुर लाओती, गुरु निजी आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, गुरु निजी आश्रम कृषि समिति अध्यक्ष टिकाराम केरुङ, सचिव उदयविक्रम तुम्बापो रहनु भएको थियोे ।

त्यसैगरी किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष तथा माङसेबुङ मासिक पत्रिकाका कार्यकारी सम्पादक ज्ञानु केदेम लिम्बू, किरात साम्यो थामेन्दिङमा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष सरुहाङमा इधिङगो, श्री सरस्वती मा वि का प्रधानाध्यापक हरी प्रसाद आङदेम्बे, माङसेबुङ गाउँपालिका कार्यपालिका सदस्य तिलरुपा सबेन्हाङ, स्थानीय बुद्धिजीवी इन्द्रहाङ आङदेम्बे लगायतको उपस्थिती रहेको थियो । भन्ज्याङ टोल विकास समितिका अध्यक्ष बालहाङ सेर्माले धन्यवाद मन्तव्य राख्नु भएको कार्यक्रमलाई मनकुमार आङबुहाङले सञ्चालन गर्नु भएको थियो भने माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मैतराज राईको अध्यक्षता रहेको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फाल्गुनन्दको १३५ औं जन्मजयन्ती, विविध कार्यक्रम..." A few seconds ago

सम्बन्धित खवर