कविता “अनुत्तरित प्रश्नहरु”

रन्जना राई तिमिलाई सपनामै भेटिरहनु पनि मेरो आदत बनेछ अचेल । थाहा छैन तिम्रा यादहरुलाई म किन यति बिघ्न प्रेम गर्छु ?? किला ठोकेर मुटुका भित्ताहरुमा किन सजाउछु तिम्रो तस्बिर ?? किन बग्न भन्छु तिमिलाई प्रत्येक शिरा र धमनिहरुमा ?? सायद, सपनाहरुको छोटो सुचिमा तिमी सबैभन्दा प्रीय सपना थिएछौ मेरो

कविता “रहर”

अबिनाश आङ्बुहाङ लिम्बु ऊ एउटा अकविता हचुवा बहकिएको बौलाहा बतास जस्तो तर उसमा नियन्त्रित हुने चाहना छ निर्मल नदीझैँ बग्ने मन छ गुराँसझैँ मुस्कुराउने रहर छ त्यसैले त, भावानाको झरीले निथ्रुक्क भिजेर फुल्लिएको छ उसका पानाहरू भद्दा पल्टिएको छ उसका रहरहरू हो समय लाग्छ ऊ कुरिरहेको छ न्यानो घामको स्पर्श

कबिता “अन्तिम निर्णय”

खुक्सङ खम्बु राई ओहो ! हामी मात्रै कति जानु लाहुर र बन्नु गधाको बच्चा कति जानु विदेश र हुनु अर्काको नोकर कमसेकम देशमा त एक माऊ सुँङ्गुर एक हल गोरु एक फोक्टा पाखोबारीको मालिक पो थियौं त र त्यही पाखोबारी माथि स्वतन्त्रतापूर्वक उभेका पो थियौ त ओहो ! कस्ले बनाईरहेछ

मित्रता

हे मित्र ! नभुल्नु मलाई कहिले साथमा रहने छु म तिम्रो जहिले, जस्तो हिमालको छ त्यो अटलता त्यस्तै बलियो छ हाम्रो यो मित्रता। जबसम्म आकाशमा चन्द्रसूर्य रहिरहन्छ तबसम्म हाम्रो मित्रता चलिरहन्छ, न त हामी दाजुभाइ , न त काकाभतिज देखेर हाम्रो मित्रता मानिस हुन्छन् चकित। हाम्रो मित्रता होइन बालुवाको घरजस्तो

समृद्धिका लागि ब्यवहारीक र सिर्जनशिल शिक्षा – रोशन अधिकारी

रोशन अधिकारी समृद्धिका लागि ब्यवहारीक र सिर्जनशिल शिक्षा हाम्रो देशबाट दैनिक औषत ११ सय देखि १३ सय सम्म युवाहरु बैदेशिक रोजगारिको लागि बिदेश पलायन हुन्छन। ती युवाहरुमा ठूलो हिस्सा त कम्तिमा पनि विद्यालय स्तरको शिक्षा हासिल गरेकै हुन्छन। ज्यादै न्यून हिस्सा मात्र निरक्षर हुन्छन् । आफ्नो देसमा रोजगारिका क्षेत्र नभएका

सलाम ! योद्धाहरू

बदी साम्पाङ हिजो आज केही दिनदेखि, मेरो दैनिकी बद्लिएकोछ कति दाइत्वहरू थन्काएर एकातिर त्रासदी मडारिएको मन थाम्दैछु । यहाँ रातहरू अबेरसम्म सुस्ताउँछन् बिहानीहरू संत्रास बोकेर बिउँझन्छन्। ' अप्डेट ' हुनुछ आफूलाई पनि... अनि थपिएका लासहरूको तथ्याङ्क टिप्छु, नयाँ संक्रमितको आङ्कडा उठाउँछु... हरेक बिहान! मान्छे हुनुको गुण; अलिकति स्वार्थी भइदिन्छ मन...

प्रहरी र मेयरको अभियानमा मेरो पुर्ण समर्थन छ :- विद्यार्थी नेता अशोक राई

आफु बचौ र अरुलाई पनि बचाउ ! अशोक राई सरकारले देशब्यापी रुपमा कोरोनाबाट बच्न हिजोबाट लोकडाउन गरेको छ, जसको उल्लंघनमा प्रहरी र उर्लाबारीको मेयरले कुटेको भिडियो यतिखेर सामाजिक संजालमा भाईरल वनेको छ । लठ्ठीले कुट्नु हुने र नहुने बिचको बिषयमा आ-आफ्नो तर्क/बितर्क पनि राखेको देखिन्छ । सरकार समयानुकूल क्रूर हुनु

कोरोनाको भाईरसबाट बच्ने आदिबासी ज्ञान

सन् २०१२ मा पहिलो पटक संयुक्त राष्ट्र संघको एउटा कार्यक्रममा पहिलो पटक मैले भोल्युन्टरीली आइसोलेटेड इण्डिजिनियस पिपल्स (voluntarily isolated Indigenous Peoples ) को विषयमा छलफल भएको सुनेको थिएँ । यो यस्तो अत्यन्त थोरै संख्यामा भएका आदिवासीहरु हुन् जो बाहिरी दुनियासँग आउन पनि चाहान्नन् र बाहिरकालाई आफ्नो भूमिमा छिर्न पनि दिदैनन्

हे ! वीर गोर्खाली

केशव थापा मगर तिमी नालापानी युद्ध लड्यो, टिस्टा र काँगडा जितेर मर्यौ, पहिलो र दोस्रो विश्व युद्ध लड्यौ, सोह्र बर्से जवानी तोप र बारुदको धुवा संग साट्यौ, मलाय र फोकल्याण्डमा विजयको झन्डा गाडेर मर्यौ, सारा विश्व थर्काएर मर्यो । सुन्दै छु, आज पनि ईराक र अफ्गानिस्तानको तातो मरुभुमिमा शान्तिको लागि