जसपा फुटेसँगै प्रदेश २ मा सरकार फेरबदलको खेल सुरु, उपेन्द्र यादव जनकपुरमा 

२३ जेठ २०७८, आइतबार । एकताको केही वर्षमै विभाजन हुन पुगेको जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ सरकार फेरबदलको खेल सुरु भएको छ । पार्टी एक अध्यक्ष महन्थ ठाकुर– राजेन्द्र महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ सरकारमा फेरबदलको खेल तीव्र भएको छ ।

ललिता निवास प्रकरण : ४९ जनाविरुद्ध २१ दिने सूचना

२३ जेठ, काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन:जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री

२१ जेठ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन

विश्वकप छनोटको फुटबल खेलमा नेपालले चाइनिज ताइपेईलाई सुन्यको बिरुद्ध २ गोलले बिजयी

२० जेठ २०७८, बिहीबार।कुवेत सिटीको जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा भएको  एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा नेपालले चिनियाँ  ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जुंगको नेतृत्वमा नयाँ खेलाडीहरुले भरिएको नेपालि टिमले आज विश्वकप छनोटको खेल रामो खेलेका छन्। खेल अवधि

सरकारलाई देउवाको चेतावनी: तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर

१९ जेठ २०७८, बुधबार। कांग्रेस सभापति शेरबहादुर देउवाले चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको बताएका छन् । देउवाले बुधबार वक्तव्य जारी गरी भनेका छन्, ‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको

सरकारमा सहभागिताको विषयमा सुदूरपश्चिम एमालेमा विवाद चर्कँदै

१९ जेठ २०७८, बुधबार। केन्द्रमा जस्तै सुदूरपश्चिममा पनि एमालेभित्र अध्यक्ष केपी ओली र पार्टीबाट निष्कासित नेता झलनाथ खनाल–माधव नेपाल समूहबीचको विवाद चर्कँदै गएको छ । प्रदेश सरकारमा सहभागिताको विषयमा विवाद बढेपछि नेताहरू एक–अर्को समूहकालाई स्पष्टीकरण सोध्ने र कारबाही गर्न जुटेका छन् । एमाले प्रदेश कमिटीले पार्टीको निर्णय उल्लंघन गरेको अभियोगमा

उपत्यकामा निषेधाज्ञा ३१ गतेसम्म थपियो, किराना पसल र वर्कसप खोल्ने निर्णय

१९ जेठ २०७८, बुधबार।  उपत्यकामा ३१ जेठसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय भएको छ । तीनै जिल्लाका प्रशासन कार्यालयले थप सेवा खुलाएर निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । एक साताअघि खाद्यान्न पसलसमेत बन्द गर्न निर्णय भएको थियो । बिहीबारदेखि बिहान नौ बजेसम्म खाद्यान्न तथा तरकारी–मासु पसल खोल्न दिने निर्णय भएको छ।

माधव नेपाल भन्छन्–चुरे दोहनको योजना जनघाती 

१९ जेठ २०७८, बुधबार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना देशहितविपरीत र जनघाती रहेको भन्दै तत्काल सच्याउन माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा बुधबार स्टाटस लेख्दै नेपालले भनेका छन्, ‘बजेटमै वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी

ढुंगा, गिट्टी, बालुवा निर्यातको घोषणा : चुरे मासिने र तराई मरुभूमि बन्ने खतरा

१८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि आएको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा भनिएको छ,‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।’ अर्थमन्त्री विष्णु पौडेलले एक कदम अघि बढ्दै यो योजनालाई सहज बनाउन गर्न उदार नीति पनि घोषणा गरेका छन्,‘निकासी गरिने खानीजन्य