प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’

१९ पुस, काठमाडौ । गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । सरोजकै प्रस्तुती रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन् । अङ्ग्रेजी नयाँवर्ष २०२४ को अवसरमा

बलियो लाइनअपको ‘चित्रा’ ट्रेलरमा यस्तो देखियो

१९ पुस, काठमाडौ । 'चित्रा'को ट्रेलर सार्वजनिक भएको छ। यूट्यूबमार्फत सार्वजनिक २ मिनेट ५९ सेकेन्ड अवधिको ट्रेलरले फिल्म एक्सन र पारिवारिक कथाको समिश्रण भएको देखाएको छ। खारिएका कलाकारहरुको बलियो लाइनअप भएकाले 'चित्रा'लाई एउटा आशावादी सिनेमा मान्न सकिन्छ। फिल्ममा अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता शशक्त कलाकारको अभिनय रहेको छ।

जसपाकाे लिम्बुवान स्तरिय राजनैतिक प्रशिक्षण सम्पन्न

१६ पुष, धरान । जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिकाे आयाेजनामा ३ दिने राजनैतिक प्रशिक्षण कार्यक्रममा सम्पन्न भएकाे छ । धरान स्थित लाङ्घाली सामुदायीक वन उपभाेक्ता समितिकाे सभा हलमा भएकाे पाैष १४, १५ र १६ गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे । प्रशिक्षण कार्यक्रमलाई जसपा, नेपालका केन्द्रीय अध्यक्ष मा. उपेन्द्र यादव,

बैकिङ कसुर तथा सजाय ऐन, २०६४ संशोधन

२१ असोज, काठमाडौं । बैकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत मंगलबार उक्त विधेयक दर्ता गराएका हुन् । बैकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी

हङकङमा विभिन्न देशका विद्यार्थीलाई उछिन्दै नेपालको मिलन राई ‘सर्वोत्कृष्ट छात्र’

असोज १८, काठमाडौ । पोलिटेक्निक युनिभर्सिटीमा भिजुअल न्युरो साइन्समा विद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी मिलन राई विभिन्न देशका विद्यार्थीलाई उछिन्दै मौखिक प्रस्तुतिमा ‘सर्वोत्कृष्ट छात्र’को पुरस्कार पाउन सफल भएका छन्। सातिनस्थित हङकङ साइन्स पार्कको परिसरमा गत सोमबार आयोजित तेस्रो एसिया-प्यासिफिक न्युरो साइन्स स्टुडेन्ट कंग्रेस र हङकङ स्टुडेन्ट एसोसिएसन अफ न्युरो साइन्सको चौथो

पहिचानको लागी युवा दस्ताको लागी १५०१ युवा गठन

३१ भाद्र, झापा । प्रदेशको नाम कोशी खारेजीको आन्दोलनलाई तार्किक निष्कर्षमा पु¥याउने उद्देश्यका साथ झापाको बिर्तामोडमा शक्ति प्रर्दशन गरिएको छ । प्रदेश नं. पुनः नामाङकन संयुक्त संघर्ष समिति झापाको आयोजनामा १५ सय १ जनाको पहिचानका लागि युवा दस्ता गठन गर्दै बिर्तामोडमा शक्ति प्रर्दशन गरिएको हो । बिर्तामोडस्थित सिटी सेन्टरमा युवा

हृदयघाटबाट नेता सुवास नेम्बाङको मृत्यु

२६ भाद्र, काठमाडौ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो । काठमाण्डौको बालुवाटर बस्ने उहाँलाई हृदयघात भएपछि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा पुर्याउँदा उहाँको निधन भइसकेको अस्पतालले

ललिता निवास अभियोगमा १७ जनालाई धरौटी र १ लाई साधारण तारेखमा छोड्न आदेश

२४ भाद्र, काठमाडौं । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार

विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो घोषणा

१६ भाद्र, काठमाडौ । विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो RAW (Revolutionary Agriculture War) को आज घोषणा भएको छ । कृषि , उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको कार्यक्रमको आज राजधानीमा एक कार्यक्रम गरि घोषणा गरिएको हो । इ. स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शो मा

नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक

७ भाद्र, काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निमार्ण रहेको नेपाली वेब सिरिज 'ब्रह्माण्ड'को टिजर सार्वजनिक भएको छ । टिजर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा सार्वजनिक गरिएको छ । ओटीटी प्लेटफर्मको लागि आवस्यक अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै यो सिरिज बनाइएको निमार्ण पक्षले जनाएको छ ।