ओमिक्रोन संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाउने सरकारको निर्णय

१५ मंसिर, काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको सरकारका प्रक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । नयाँ

रुसद्धारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु

१४ मंसिर, काठमाडौ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ । केन्द्रका अधिकारीहरुले कोरोनाभाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने

अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै भारत

५ असोज, काठमाडौं । भारतले अक्टोबरबाट कोरोना खोप निर्यात पुनः शुरु गर्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाले सोमबार यस्तो घोषणा गरेका हुन् । गत अप्रिलमा भारतले आन्तरिक माग उच्च रहेको भन्दै कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्वाडको बैठकमा भाग लिन अमेरिका

नोबेल अस्पतालले थाल्यो प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा

२९ भाद्र, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । नोबेलका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा. शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. रामसागर शाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो । नोबेलका

घट्दै संक्रमितको संख्याः आइतबार ९११ जनामा पुष्टि, १ हजार ४२३ संक्रमणमुक्त

२७ भाद्र, काठमाडौं । नेपालमा थप ९११ जनामा कोरोनााभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सात हजार आठ सय ७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा

वीपी प्रतिष्ठानका आन्दोलित स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किए, आजैदेखि ओपिडीसहितका अन्य सेवा सुचारु

२७ भाद्र, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिको धेरै माग पूरा भएको र बाँकी पूरा हुने प्रक्रियामा रहेको जानकारी गराएपछि स्वास्थ्यकर्मी नियमित

नेपालमा थप ११ सय बढी संक्रमित थपिए, १६६० जना संक्रमणमुक्त

२५ भाद्र, काठमाडौं । नेपालमा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा (शुक्रबार) देशभर ८ हजार ५ सय ४९ पीसीआर तथा २ हजार ३ सय ६७ एन्टिजेन परीक्षण गरिएको हो । शुक्रबार १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका

न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देखिँदा ३ दिनका लागि देशव्यापी लक डाउन

१ भाद्र, काठमाडौं । न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि देशव्यापी लक डाउन हुने भएकोे छ । प्रधानमन्त्री जेसिन्डा आर्डेनले बुधबारदेखि ३ दिनसम्म देशभर लक डाउन गर्ने घोषणा गरेकी छिन् । लक डाउन कडाईका साथ कार्यान्वयन गरिने पनि बताइएको छ । न्यूजिल्यान्डमा कोभिड संक्रमणको ६ महिना यताकै पहिलो घटना हो

बेलबारीमा श्रावण ३२ गते सम्मको लागी थप लकडाउन

२४ श्रावण, बेलबारी । बेलबारीमा निषेधाज्ञा (लकडाउन)एकहप्ता थपिएको छ । कोरोनाको संक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जानथालेपछि नियन्त्रणका लागि कोरोना रोकथामको लागी नगरस्तरीय बैठकले लकडाउनलाई एक हप्ता थप गरेको हो । आज बसेको नगरस्तरीय बैठकबाट साउन ३२ गते सम्मको लागी लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको समयमा स्वास्थ्य केन्द्र तथा

१३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

१५ साउन २०७८, शुक्रबार । पछिल्लो साता विश्वभर कोरोनाभाइरस संक्रमितहरूको संख्या बढ्दै गएको छ । १७ देखि २५ जुलाईसम्मको तथ्यांकअनुसार यो अवधिमा आठ प्रतिशत संक्रमित वृद्धि भएको अधिकारीहरूको भनाइ छ । यो साता ३८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायका रूपमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले