बेलायतमा कोरोनाले फेरि लियो उग्र रुप लिन्दै, थपिए एकैदिनमा ५१ हजार संक्रमित – Satabdi News

बेलायतमा कोरोनाले फेरि लियो उग्र रुप लिन्दै, थपिए एकैदिनमा ५१ हजार संक्रमित

२३ मंसिर, काठमाडौ । बेलायतमा कोरोना भाइरसको संक्रमणले फेरि उग्र रुप लिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकैदिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै संक्रमित भएको जनाएका छन् ।

बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा बुधबार मात्र ५१ हजार ३०० भन्दा बढी देखिएका हुन् । अघिल्लो हप्ता बेलायतमा संक्रमित केही घटेका थिए । तर बुधबार भने संक्रमितको संख्या ह्वात्तै बढेको बताइएको छ । योसँगै बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ करोड ६ लाखभन्दा बढी पुगेको छ ।

यस्तै बेलायतमा हालसम्म कोरोनाका कारण १ लाख ४५ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये नौ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । यहाँका १६ वर्षमाथिका करिब सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।

रासस–सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलायतमा कोरोनाले फेरि लियो उग्र रुप लिन्दै, थप..." A few seconds ago

सम्बन्धित खवर