प्रचण्ड आज दुई दिन एकान्तबासमा जाँदै – Satabdi News

प्रचण्ड आज दुई दिन एकान्तबासमा जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि दुई दिन एकान्तवासमा जानुहुने भएको छ ।

पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलनको तयारी र अध्ययनका लागि प्रचण्ड काठमाडौँ उपत्यका नजिक कुनै एकान्त स्थानमा जाने तयारीमा रहेको खुमलटार स्रोतले जनाएको छ ।

‘निवासमा नेताकार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ । अबका दुई दिन उहाँ अध्ययनमा व्यस्त रहनुहुन्छ ।’ अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ ।

एकान्तवासमा भए पनि प्रचण्डले प्रदेश सम्मेलन, राष्ट्रिय सम्मलनका लागि अनौपचारिक रुपमा भने कुराकानी र छलफललाई निरन्तरता दिनुहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रचण्ड आज दुई दिन एकान्तबासमा जाँदै" A few seconds ago

सम्बन्धित खवर