परशुराम सुवेदी नेकपा माओवादी केन्द्र बेलबारी नगरको अध्यक्ष सर्वसम्मत चयन – Satabdi News

परशुराम सुवेदी नेकपा माओवादी केन्द्र बेलबारी नगरको अध्यक्ष सर्वसम्मत चयन

बेलबारी । नेकपा माओवादी केन्द्र बेलबारी नगरको प्रथम  अधिवेशनबाट परशुराम सुवेदीको अध्यक्षतामा ६५ समिटी सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा राम किराँती,मन कुमार गुरुङ , मन्दिरा थापा,सचिव लक्ष्मण तामाङ,सह सचिव किशोर भण्डारी, कोषध्यक्ष मनोज राई रहेका छन् ।

देशैभरि एकै दिन गरिएको ७५३ पालिकाको अधिवेशनका प्रमुख अतिथि अध्यक्ष दाहाल रहेका थिए । दाहालले देशै भरिको पालिका अधिबेशनलाई उद्घाटन गर्दै उनले भने माओवादी कमजोर भयो भने परिवर्तनका एजेन्डा कमजोर हुने, राष्ट्रियता कमजोर हुने र देश दुर्घटनामा जाने भन्दै पार्टी सदस्यहरूलाई आफ्ना एजेन्डाप्रति दृढ रही रक्षा गर्न निर्देशन दिएका छन्। पार्टीको ७५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अधिबेशन सफलताको सुभकामना दिएका थिए।

कार्यक्रम बेलबारी नगरपालिका १ स्थित नेपाल तामाङ बौद्ध गुम्बामा भएको थियो । कार्यक्रमका अतिथिहरुमा प्रदेश कमिटी सदस्य खेम भट्टराई,कञ्चन कुलुङ राई, मोरङ क्षेत्र न.३ संयोजक लोचन धमला,सह संयोजक ध्रुव महत्त, बेलबारी ईन्चार्ज तिलक राई,सह ईन्चार्ज अशोक दाहाल, जिल्ला सदस्य मन कुमार गुरुङ,धर्म प्रसाद कट्टेल,राम किराँती,सुरेश किराँती लगाएतको उपस्थिती रहेको थियो । परशुराम सुवेदीको अध्यक्षतामा  कार्यक्रममा नगर सचिव लक्ष्मण तामाङले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "परशुराम सुवेदी नेकपा माओवादी केन्द्र बेलबारी नग..." A few seconds ago

सम्बन्धित खवर