ऋण नतिरे इच्छाराजको सम्पत्ति लिलाम गर्ने सञ्चय कोषको चेतावनी – Satabdi News

ऋण नतिरे इच्छाराजको सम्पत्ति लिलाम गर्ने सञ्चय कोषको चेतावनी

मंसिर ७, काठमाडौं । व्यवसायी इच्छाराज तामाङले ऋण नतिरेपछि कर्मचारी सञ्चय कोषले आफ्नो ऋण तिर्न आउन भन्दै ३५ दिने सूचना जारी गरेको छ । एक सार्वजनिक सूचनामार्फत कोषले सुन्धारास्थित सीटीसी मल धितोमा राखेर लिइएको ऋण तिर्न ताकेता गरेको हो । ऋणको सावाँ र ब्याज रकम भुक्तानीको लागि दिइएको भाका नाघेको भन्दै कोषले ३५ दिनभित्रै ऋण तिर्न नआए सिटीसी मल लिलामी गर्ने बताएको छ ।

यदि धितोबाट रकम असुली नभए जमानी दिनेहरुको व्यक्तिगत सम्पत्तिबाट असुल गरिने चेतावनी समेत कोषले दिएको छ । व्यक्तिगत जमानी दिनेमा तामाङसहित केशवलाल श्रेष्ठ, प्रवीण मुखिया, लालकाजी गुरुङस, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ऋण नतिरे इच्छाराजको सम्पत्ति लिलाम गर्ने सञ्चय ..." A few seconds ago

सम्बन्धित खवर