पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा विप्लपले नेपाल बन्दको गर्ने घोषणा – Satabdi News

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा विप्लपले नेपाल बन्दको गर्ने घोषणा

कार्तिक २६, बेलबारी । नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि विरुद्ध नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ । नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विप्लप नेतृत्वको पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको हो ।

ओली सरकारको पालामा हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनीतिमा फर्किएको विप्लप नेतृत्वको पार्टीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेको छ । पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावशयक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै बन्द आव्हान गरेको उक्त विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रेस वक्तव्य अनुसार २५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देशव्यापी प्रदर्शन, र २८ कात्तिकमा बिहान १० देखि ११ बजेसम्म चक्काजामको घोषणा गरेको छ । त्यस्तै, २९ कात्तिकमा सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा विप्ल..." A few seconds ago

सम्बन्धित खवर